Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

‘द भ्वाइस अफ नेपाल’का प्रोसेस पाण्डेलाई जिताउन आग्रह

News and Updates
7 घण्टा अघि

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को फाइनल प्रतिस्पर्धा शुक्रबार हुँदैछ । विहीबार पत्रकार सम्मेलन गर्दै ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ का कोच खेम सेन्चुरीले फाइनल प्रतिस्पर्धाको लागि आफ्नो टिमको तयारी राम्रो रहेको बताए ।

 

 

उनले आफ्नो टिमका फाइनलिस्ट प्रोसेस पाण्डेलाई भोट दिएर जिताउन आग्रह समेत गरे ।

 

 

उनले भने, ‘शुक्रबार हुने फाइनलको लागि एक खालको आशा त छँदैछ । आफ्नो टिमको ट्यालेन्टले जितोस भन्ने कामना छ । सांगीतिक यात्रा गर्दैगर्दा मेरो टिमबाट फाइनलिष्ट प्रोसेस पाण्डे हुनु भएको छ । त्यसैले मंैले फाइनलिष्ट प्रोसेसको लागि भोटको अपिल गरेको छु ।’

 

 

यसैगरी फाइनलिस्ट पाण्डेले पनि भोटको अपिल गरेका छन् । उनले मैदानमा आइसकेपछि जित वा हार हुने भएपनि आफू र आफ्ना कोच खेमलाई जिताउन अपिल गरे ।
उनले भने, ‘मैदानमा आइसकेपछि अब जित वा हार नै हुने हो । म भित्र डर पनि छ, उत्साह पनि छ । सम्पूर्णलाई धेरै भन्दा धेरै भोट गरेर टिम खेमलाई जिताइदिन आग्रह गर्छु ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया