Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

वडामै पुगेर सामाजिक सुरक्षा भत्तासँगै बिरामी जाँच

News and Updates
7 घण्टा अघि

दार्चुला, १८ वैशाख । हरेक त्रैमासिकमा सामाजिक सुरक्षा भत्ता लिनका लागि बैंकसम्म पुग्नुपर्ने झण्झटिलो प्रक्रियाको अन्त्य गर्दै मालिकार्जुन गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडामै पुगेर वितरण गरेको छ ।

 

 

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सामाजिक अवधिको सुरक्षा भत्ता माछापुच्छ«े बैंकसँगको समन्वयमा वडातहमै गएर वितरण गरिएको हो ।

 

 

सामाजिक सुरक्षा रकम वडामै पुगेर वितरण गरेपछि सेवाग्राही खुसी भएका छन् । पालिका भित्रका ४५५ लाभग्राहीलाई वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको एमआइएस अपरेटर लोकेन्द्रसिह धामीले जानकारी दिए । तेसो चौमासिकमा कुल रु ६२ लाख २२ हजार ६०० वितरण गरिएको छ ।

 

 

यस्तै भौगोलिक रुपमा विकट तथा अन्य विविध कारणले गाउँपालिकाबाट प्रदान गरिने सेवामा नागरिकको पहुँच सुनिश्चिता गर्ने उद्देश्यअनुरुप वडातहमै एकीकृत घुम्ती शिविरमार्फत सेवा प्रदान गरिएको धामीले बताए ।

 

 

 

यही वैशाख १० गतेदेखि सञ्चालन भएको शिविरमा पालिकाभरिका दुई हजार ६९५ सेवाग्राहीलाई सेवा प्रदान गरिएको छ । पालिकाको पशु शाखामार्फत वडातहमै पुगेर तीन हजार १२६ जनालाई औषधि वितरण तथा परामर्श सेवा प्रदान गरिएको छ ।

 

 

 

यसैगरी स्वास्थ्य कार्यालयको सहकार्यमा सञ्चालित एआइ जडित एक्सरे सेवाबाट १६५ जनाले सेवा लिएका छन् । पालकाभरिका १७ जनाको क्षयरोग सम्बन्धी नमूना परीक्षण गरिएको छ ।

 

 

 

नागरिकलाई सहज, सरल र सर्वसुलभ सेवा प्रदान गरिने उद्देश्यले वडा तहमै पुगेर एकीकृत सेवा प्रदान गएिको गाउँपालिका अध्यक्ष हिरासिंह धामीले जानकारी दिए ।

 

 

 

गाउँपालिकाले विगतदेखि नै नियमितरूपमा वडा तहमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरणलगायत स्वास्थ्य सेवा, किसान सूचीकरण सेवासहितका एकीकृत सेवा दिँदै आएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया