१५ फाल्गुन २०८२, शुक्रबार
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

पर्वतमा लुङ्दीखोला सिँचाइ आयोजना सम्पन्न

पर्वत, १८ वैशाख । जलजला गाउँपालिका–७ धाइरिङमा सञ्चालित लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ आयोजना सम्पन्न भएको छ ।

 

 

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत रु ९२ लाख ७७ हजारको लागतमा आयोजना सम्पन्न भएको हो ।

 

 

उक्त कार्यालयका प्रमुख सागर भट्टराईका अनुसार आयोजना पूरा भएसँगै किसानका खेतबारीमा सिँचाइ सुविधा उपलब्ध भएको छ । आयोजनाबाट १७ हेक्टरमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ ।

 

 

 

चालु आर्थिक वर्षमा सञ्चालित ५० वटा सिँचाइ योजनामध्ये १० वटा यसै वर्ष सम्पन्न हुने उनले जानकारी दिए ।