Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

तनहुँको श्याम्घामा पचास रोपनीमा अदुवाखेती

News and Updates
9 घण्टा अघि

तनहुँ, १७ वैशाख । एक सय ३६औँ अन्तरराष्ट्रिय मजदुर दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको भ्रातृ सङ्गठन अखिल नेपाल ट्रेड युनियन महासङ्घले पचास रोपनीमा अदुवाखेती प्रारम्भ गरेको छ । यसको आरम्भ पार्टी केन्द्रीय सदस्य आशा कोइरालाले गरेका हुन् ।

 

 

 

 

जिल्लाको व्यास नगरपालिका–६ श्याम्घामा ५० रोपनी जग्गामाअदुवाखेती थालिएको हो । उत्पादित अदुवा बिक्रीबाट प्राप्त हुने रकम महासङ्घमा आबद्ध सदस्यका परिवारको जीविकोपार्जनमा उपयोग गरिने जनाइएको छ ।

 

 

 

 

अखिल नेपाल टे«ड महासङ्घका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहसचिव सूर्यभक्त पौडेलका अनुसार मङ्गलबार २० जना सङ्गठनका पदाधिकारी सहभागी भएर आधुनिक विधिबाट अदुवा रोपिएको हो ।

 

 

 

 

पहिलो चरणमा एक सय धार्नी अदुवा रोपिएको छ भने यस वर्ष पाँच सय धार्नी बीउ रोप्ने लक्ष्य छ ।

 

 

 

 

 

बाँदरले नोक्सान नगर्ने, धेरै लगानी र परिश्रम गर्न नपर्ने भएकाले अदुवाखेतीलाई प्राथामिकता दिइएको महासङ्घ तनहुँका अध्यक्ष वीरबहादुर थापाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया