Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

हाम्रो धर्म र संस्कृति बचाउनुपर्ने समय आएको छ : ज्ञानेन्द्र शाही

News and Updates
7 घण्टा अघि

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले हाम्रो धर्म र संस्कृति बचाउनुपर्ने समय आएको बताएका छन् । गण्डकी कोटिहोम ज्ञान महायज्ञमा बोल्दै उनले पछिल्लो समय हाम्रो संस्कारमाथि, हाम्रो परम्परामाथि धावा बोलिँदै गएको बताएका हुन् ।

 

 

 

उनले भने, ‘हाम्रो संस्कारमाथि, हाम्रो परम्परामाथि धावा बोलिँदै गएको छ । अब धर्म बचाउन, परम्परा बचाउन, माता शिताको जन्मभूमि बचाउन, ३३ कोटीदेवि देवताको वासस्थान जोगाउनका लागि एउटा महापुरुषको जन्म हुन आवश्यक छ । किनभने यो पृथ्वी सनातनको देश हो । आज छोरी चेलिहरु बलात्कृत भएका छन् । केही मान्छेहरुले यो देशमा धर्म संस्कार हुँदैन भने त्यसैको परिणाम हाम्रो छोरीचेलिहरुले भोग्नु परेको छ । हामीले हाम्रो धर्म र संस्कृति बचाउनुपर्ने समय आएको छ । ’

 

 

 

 

साथै उनले हाम्रो देश, हाम्रो भूमि संसारभरीलाई नै उज्यालो ज्योति छर्ने भूमि भएको बताए । उनले आज यही भूमिमा कसैले धर्म संस्कारको कुरा गर्दा त्यसलाई नंग्याउनुपर्छ भनेर नेपालका मिडिया, प्रशासनहरु लाग्ने गरेको बताए ।

 

 

 

 

उनले भने, ‘यो हाम्रो देश, यो हाम्रो भूमि संसारभरीलाई नै उज्यालो ज्योति छर्ने भूमि हो । आज यही भूमिमा कसैले धर्म संस्कारको कुरा गर्यो भने त्यसलाई नंग्याउनुपर्छ भनेर नेपालका मिडिया, प्रशासनहरु लाग्छन् । विदेशी धर्मको पूजाआजा गर्दा विभिन्न किसिमका नक्कली प्रचार गर्छन्् ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया