२० फाल्गुन २०८२, बुधबार
समाज

असन क्षेत्रमा किनमेल गर्नेको घुइँचो

२९ असोज, काठमाडौं । हिन्दु नेपालीहरुको ठूलो पर्व दशैं नेपाली बजारमा सबैभन्दा धेरै किनमेल हुने समय हो । दैनिक उपभोग्य सामग्री, लत्ताकपडालगायतका सामानको बिक्री यही बेला हुन्छ ।

अझ विशेष गरी दशैंका बेला नयाँ लुगा लगाउने नेपालीहरुको चलन नै हो । त्यसैले हिजोआज काठमाडौं उपत्यकाका पसल र सपिङ् मलहरुमा किनमेल गर्नेको ठूलो भिड छ ।

काठमाडौंको पुरानो बजार असन, इन्द्रचोक, महावौद्ध आदि क्षेत्रमा किनमेल गर्नेहरुको भिड अत्यधिक छ । एकै क्षेत्रमा लत्ताकपडा, भाँडाकुँडालगायतका सामान पाइने भएकाले पनि यो क्षेत्र सर्वसाधारणको किनमेलका लागि रोजाइको क्षेत्र हो ।

साँघुरा गल्ली, मानिसहरुको धेरै भिडभाड, बाटोमा नै राखिएका पसल र मानिसहरु रोकिएर सामान किन्नुपर्ने भएका कारण भिड बढेको हो ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व