२० फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

इजरायलमा सम्पर्कविहीन विपिन जोशीको खोजी जारी

२५ असोज, काठमाडौं । युद्धग्रस्त इजरायलमा सम्पर्क बिहीन अवस्थामा रहेका विपिन जोशीको खोजी जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बिहीबार परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायलमा सम्पर्क बिहीन अवस्थामा रहेका विपिन जोशीको खोजि कार्य भइरहेको बताइन् ।

उनले भनिन्, ‘विपिन जोशीको खोजि कार्य जारी छ । मृतक १० जनाको शव इजरायल सरकारले हस्तान्तरण गर्न बाँकी छ । केही समय लाग्ने देखिन्छ ।’

यस्तै इजरायलमा रहेका नेपालीहरु लिएर वायु सेवा निगमको विमान आज राति स्वदेश फर्किदैछ ।

उनले भनिन्, ‘हामी छोटो समयमा उहाँहरुलाई नेपाल ल्याउने क्रममा सफल भएका छौँ । उहाँहरु आज राति नै नेपाल आउँदै हुनुहुन्छ । विद्यार्थीको उद्धारका लागि मन्त्रालयबाट भए गरेका कार्यहरु हामीले नियमित रुपमा प्रेस विज्ञप्ती ट्विटर मार्फत जानकारी गराएका छौँ ।’

विमानमा अहिले २५३ जना रहेको र अन्य फर्किन चाहनेहरु व्यवसायिक उडानमार्फत पनि फर्किन सक्ने उनले बताइन् । उनले छोटो समयमा इजरायलमा रहेका नेपालीहरु फर्काउन सरकार सफल भएको बताइन् । उनले विद्यार्थीको उद्धारका लागि मन्त्रालयबाट भए गरेका कार्यहरु हामीले नियमित रुपमा प्रेस विज्ञप्ती ट्विटर मार्फत जानकारी गराइरहेको पनि बताइन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।