१८ कार्तिक २०८२, मंगलवार
बागमती मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

विदाइको बेला हुने रुवाबासी गीतमा

काठमाडौँ । गायक तथा संगीतकार हेमन्त कान्छा रसाईलीको ‘जानै लाग्यो वैँश रिमई’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
विदाईको समयमा हुने रुवाबासी र मन कटक्क खाने दृश्यहरुसहितको भिडियोमा गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाईली र गायिका देवीघर्तीको जादुमयी स्वर सुन्न सकिन्छ ।

गीतमा राजकुमार बगरका शब्द सृजना रहेको छ भने मिक्सिगं र मास्टरिगं एचबिएन किस्मतको रहेको छ । गायक स्वयमकै संगीत रहेको गीतको भिडियोमा हेमन्तसँग लक्ष्मी थापा मगरको अभिनय देख्न सकिन्छ। मोडलद्धय हेमन्त र लक्ष्मी मज्जैसँग अभिनयमा खुलेका छन् ।

भिडियोमा एक प्रेमील जोडीको प्रेमील कल्पना, मायामा डुबेको प्रेमजोडी र रोमान्सले भरिएको समयदेखि छुट्दासम्मको विरहको गाथालाई निर्देशक एकिन्द्र शाराशंकरले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।

करन चैसियारको छायांकन, प्रविण भट्टको सम्पादन तथा कलर रहेको सार्वजनिक गीतको भिडियो गायक रसाईली स्वयमकै युट्युब च्यानलबाट बजारमा आएको हो ।

थप समाचारहरु

मनोरन्जन

साङ्गीतिक क्षेत्रमा उदाउँदै युवा गायक सञ्जीव राना

रानाले नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताए । अहिलेको बजारको मागअनुसारको गीत सार्वजनिक गर्ने तयारी गरेको भन्दै उनले भने,