२० फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाज

शिसापाङ हिमालमा हिमपहिरो, एक जना नेपालीको मृत्यु

२२ असोज, काठमाडौं । चीनको तिब्बतमा रहेको शिसापाङ हिमालमा गएको हिमा पहिरोमा परेमा एक नेपालीको मृत्यु भएको छ । एक जना हराइरहेका छन् भने तीन जना घाइते भएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार २० असोजमा गएको हिम पहिरोमा परेर आरोही गाइड मिङमार शेर्पा, तेन्जेन शेर्पा, अमेरिकी नागरिकद्वय अना गुटु र जिना मारिया बेपत्ता भएका थिए ।

बेपत्ता भएकामध्ये मिङमार र अनाको शव भेटिएको छ भने दुई जना अझैसम्म बेपत्ता छन् ।

हिम पहिरोमा परेर कर्मा ग्याल्जेन शेर्पा, मित्रबहादुर तामाङ, र कामिरी शेर्पा गम्भीर घाइते भएका छन् ।

हराएकाहरको खोज तथा घाइतेको उद्धारका लागि पहल भइरहेको मन्त्रालयले जनाएको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व