२० फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

एमाले सांसद संसदमा भने : विद्यालय शिक्षा स्थानीय सरकारलाई छोड्न आँट हुनुपर्छ

१९ असोज, काठमाडौं । विद्यालय शिक्षा विधेयकमाथि प्रतिनिधि सभामा छलफल सुरु भएको छ ।

शुक्रबार भएको सैद्धान्तिक छलफलमा भाग लिँदै एमाले सांसद रघुजी पन्तले विद्यालय शिक्षा सम्पूर्ण रुपमा स्थानीय सरकारलाई छाड्न खोजेको भए त्यही अनुसार अगाडि बढ्न सरकारलाई सुझाएका छन् ।

संघीय संरचनामा विद्यालयको शिक्षा स्थानीय तहलाई सम्पूण रुपमा सुम्पेको हो भने त्यही ढंगले जानुपर्यो । त्यस विपरीतका कुराहरुलाई सामना गरेर जानुपरयो’ पन्तले भने, ‘संविधानसँग बाझिने र ठाउँ ठाउँमा सम्झौता गर्दै जाने गर्दा शिक्षा क्षेत्रमा सुधार गर्न जे खोजेको त्यो सम्भव हुँदैन ।’

प्रस्तुत विधेयकलाई संविधानसम्मत बनाउन आवश्यक रहेको उल्लेख गर्दै उनले शिक्षकहरुसँग सरकारले गरेको सम्झौताको पालना कहाँ र कसरी सम्बोधन हुन्छ भन्ने प्रष्ट पार्न आग्रह गरेका छन् ।

संसदमा आइसकेपछि संसदको विवेकका आधारमा विधेयक अगाडि उल्लेख गर्दै उनले सरकारले बाहिर गरेका सम्झौताहरुको कार्यान्वयनको सन्दर्भमा सरकारले के सोचिरहेको छ भनी प्रश्न गरेका छन् ।

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।