२० फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

वीरमा उपचारका लागि माननीयहरुको ताती लागेको छ : स्वास्थ्यमन्त्री

१८ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुुर बस्नेतले वीर अस्पतालमा विशिष्ट र अतिविशिष्ट व्यक्तित्व उपचारका लागि आउने क्रम बढेको दाबी गरेका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को चौथो दिक्षान्त समारोहमा स्वास्थ्यमन्त्री बस्नेतले वीर अस्पतालले धेरै सुधारका कामहरु अगाडि बढाएको बताए । आफू विदेशमा गएर बोल्दापनि वीर अस्पतालको नाम लिन थालेको भन्दै उनले भने, वीर अस्पतालमा उपचारका लागि माननीय र सम्माननीयको ताती लागिरहेको छ ।’

वीरमा आठ बजेबाट ओपीडी सेवा पनि शुरु भएको र भीआईपीहरुको उपचारका लागि १७ जना चिकित्सक छुट्याइएको उनले बताए । अमफू स्वास्थ्यमन्त्री भएर आएपछि हरेक अस्पतालले १० प्रतिशत गरिब र विपन्नहरुका लागि निशुल्क उपचार गर्ने बेड र उपचार सहितको पद्धती थालनी गरेको उनले बताए ।

स्वास्थ्यमन्त्री बस्नेतले अघि भनेका छन्, ‘स्वास्थ्यकर्मीहरुको दरबन्दी पुर्ति हुने प्रकृया शुरु हुन थालेको छ । १७२ जनाको दरबन्दी स्वीकृत भएको छ । डाक्टर, पारामेडिक्स र नर्सीङको क्षेत्रमा अत्यन्तै ठूलो जनशक्ति अभाव भइरहेको हुनाले दरबन्दी सृजना गरेर जाने लगभग सहमति भइसकेको छ ।’

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।