२७ फाल्गुन २०८२, बुधबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गर्ने थप ६ जना पक्राउ

काठमाडौं । गत चैत्र १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समुहको प्रदर्शनका क्रममा आगजनी, तोडफोड गर्ने थप ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाही घर भएका ललितपुर टिकाथली बस्ने २२ वर्षका अमित शाह, सुनसरी धरानका १९ वर्षका सुमन कार्की, बर्दियाका ३४ वर्षका हेमराज थारु पक्राउ परेका हुन् ।
यस्तै धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेपलाञ्चोक घर भएका ३० वर्षकी अनिता कुँवर९ऐनी०, सन्धुपाल्चोकका ३० बर्षका ३० कुमार तामाङ पक्राउ परेका हुन् ।
उनीहरुलाई काठमाडौंको विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौले जानकारी दिएको छ । प्रहरीका अनुसार काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भईरहेको छ ।

सो कार्यक्रमका आयोजक समेतले उपस्थित समर्थक एवं भिडलाई उत्तेजित बनाई संघीय संसद भवन वरिपरि रहेको निषेधित क्षेत्र तोड्नका लागि प्रहरी माथि ढुङ्गामुढा गरी, आफैले चलाएको गाडीले प्रहरीको ज्यान लिने उद्देश्य र मनसायले आक्रमण गर्नुका साथै आम सर्वसाधारणहरुको सुरक्षार्थ सडकमा डिउटीमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल समेतका सुरक्षाकर्मीहरुलाई समेत ढुङगा, लाठी,फलामका रड, घरेलु हतियार समेतले प्रहार गरी सुरक्षाकर्मीको हातहतियार समेत खोसी सुरक्षाकर्मीहरुलाई घाइते बनाई, सर्वसाधारण मानिसहरुको घर, निजी सम्पत्ति, संचार गृहहरु रहेको भवन, विभिन्न राजनैतिक दलहरुको कार्यालय तथा नेताको निजी निवास, अस्पताल, प्रहरी कार्यालयहरु, व्यापारीक केन्द्र, नेपाल आयल निगमको अति संवेदनशीलरअति प्रज्वलनशील पदार्थ ईन्धन भण्डारण रहेको स्थल, नागरिक उड्यन प्राधिकरणको कार्यालय र अन्तराष्ट्रिय विमानस्थलको बाहिरी कम्पाउण्डमा समेतमा तोडफोड, आगजनी गरी गराई अपराधिक प्रवेश गरी घरमा रहेका नगद, जिन्सी सरसामानहरुमा क्षति पु¥याई, लुटपाट तथा अपराधिक उपद्रव गरी सडकमा गुडिरहेका निजी र सरकारी सवारी साधनहरुमा समेत आगजनी गरी आतङ्कित पारी तथा पार्न लगाई पूर्व योजना अनुसार संगठित तवरले अपराधिक घटाई मानिसको ज्यानै लिने समेतका आपराधिक कार्यमा संलग्न तपसिलमा उल्लेखित थप ६ जना प्रतिवादीहरुलाई काठमाडौंको विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिई निम्नानुसारको कसुरमा सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ३ को मिलान म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भईरहेको ।