२० फाल्गुन २०८२, बुधबार
समाज

दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्कियाे

१८ असोज, काठमाडौं । काठमाडौंबाट दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्किएको छ ।

बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आरए४१२ नम्बरको जहाज करिब एक घण्टापछि काठमाडौंमै फर्किएको हो ।

विमानस्थल कार्यालय स्रोतका अनुसार उक्त जहाज पाकिस्तान नजिककको आकासबाट फर्किएर बुधबार राति करिब सवा ११ बजे काठमाडौंमा अवतरण गरेको थियो ।

जहाज आसपास केही खतरा भए त्यसको संकेत दिने प्रविधि (टिकास) मा खराबी देखिएपछि जहाज बीच बाटोबाटै फर्किएको स्रोतले बतायो ।

स्रोतका अनुसार उक्त जहाजका यात्रुहरुको प्राविधिक परीक्षणको काम जारी छ । उक्त जहाजका यात्रुहरुका लागि भने वैकल्पिक जहाजको व्यवस्था गरिएको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व