२९ माघ २०८२, बिहीबार
खेलकुद

‘वीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, ९ टिमले सहभागीता जनाउने

काठमाडौं, १७ असोज । नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा हुने वीरजङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी महासंघका अध्यक्ष जयनन्द चन्दले प्रतियोगिताको सबै तयारी पूरा भइसकेको बताए । अध्यक्ष चन्दले प्रतियोगितामा ९ वटा टिमले सहभागीता जनाउने पनि जानकारी गराए ।

उक्त प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को मुख्य सहयोग र नेपाल भलिबल संघको प्राविधिक सहयोगमा हुन लागेको हो । प्रतियोगिता आगामी असोज १८ देखि २१ गतेसम्म काठमाडौंको नयाँबसपार्कस्थित् ढोरपाटन स्पोर्टर्स ट्रेनिङ्ग सेन्टरमा हुने बताइएको छ । वीरजङ्ग नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य थिए ।

प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश र किङ्गस क्लब, धौलागिरी रेष्टुरेन्ट सान्धा जापान क्लब, गलकोट स्पोर्ट क्लब, न्युटन चिल्ड्रेन एकेडेमी, त्रिभुवन विश्वविद्यालय आरआर क्याम्पस र आयोजक टिम खेलमा सहभागी हुने आयोजकको भनाई छ ।

प्रतियोगिताको प्रथम पुरस्कार पाँच लाख, द्धितीय पुरस्कार दुई लाख ५० हजार, तृतीय पुरस्कार एक लाख र सान्त्वना पुरस्कार ५० हजार रहेको महासंघले जनाएको छ । साथै, उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट स्पाईकर, बलर, सेटर, सर्भर, डिफेन्डर र क्वीकरलाई जनही पाँच÷पाँच हजार पुरस्कारको व्यवस्था रहेको महासंघले जनाएको छ ।

सहभागी टिम तथा खेलाडीले खाना, बस्नको व्यवस्था आफैं गर्नुपर्ने महासंघले जनाएको छ । साथै, टिम दर्ता शुल्क निःशुल्क रहेको छ । खेल लिगकम नकाउटको आधारमा भलिबल संघ र राष्ट्रिय रेफ्रिहरुको नियमबमोजिम खेलाइने महासंघले जनाएको छ । एक टिमले तीन जनासम्म विदेशी खेलाडी पनि राख्न पाउने महासंघले जनाएको छ ।

नेपाल गणतान्त्रिक खेलकुद महासंघका महासचिव विनोद विक्रम चन्दले वीरजंगको आचरण, क्षमता र योगदानको राज्यले सम्मान गर्नुपर्ने बताए । वीरजंगको मृत्युको कारण पनि राज्य नै भएको उनको आरोप छ । वीरजंगलाई अमर बनाइराख्नुपर्छ भनेर उनकै नाममा प्रतियोगिता आयोजना गरिएको महासचिव चन्दले बताए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected