१८ कार्तिक २०८२, मंगलवार
अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार आज, अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ०८ पैसा र बिक्रीदर १३६ रुपियाँ ६८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपियाँ ५२ पैसा र बिक्रीदर ८२ रुपियाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ७९ पैसा र बिक्रीदर ९६ रुपियाँ २२ पैसा निर्धारण गरिएको छ ।

यस्तै, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपियाँ ४७ पैसा र बिक्रीदर १०१ रुपियाँ ९१ पैसा, युरोपियन युरो एकको खरिददर १५० रुपियाँ ३९ पैसा र बिक्रीदर १५१ रुपियाँ ०५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपियाँ ८४ पैसा र बिक्रीदर १७७ रुपियाँ ६२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६० रुपियाँ २४ पैसा र बिक्रीदर १६० रुपियाँ ९४ पैसा रहेको छ ।

साथै, जापानी येन १० को खरिददर नौ रुपियाँ ३९ पैसा र बिक्रीदर नौ रुपियाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपियाँ ६९ पैसा र बिक्रीदर १८ रुपियाँ ७७ पैसा, थाई भाट एकको खरिददर तीन रुपियाँ ९८ पैसा र बिक्रीदर चार रुपियाँ, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ३९ पैसा र बिक्रीदर नौ रुपियाँ ४३ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५१ पैसा र बिक्रीदर १७ रुपियाँ ५९ पैसा तोकिएको छ ।

त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ २६ पैसा र बिक्रीदर ३६ रुपियाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३३ पैसा र बिक्रीदर ३७ रुपियाँ ५० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ०५ पैसा र बिक्रीदर ३७ रुपियाँ २१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ६७ पैसा र बिक्रीदर ३० रुपियाँ ८० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ६९ पैसा र बिक्रीदर १३ रुपियाँ ७५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ १५ पैसा र बिक्रीदर २० रुपियाँ २४ पैसा तोकिएको छ ।

यसको साथै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपियाँ ५१ पैसा र बिक्रीदर ४४४ रुपियाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपियाँ ९९ पैसा र बिक्रीदर ३६२ रुपियाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुपियाँ ४९ पैसा र बिक्रीदर ३५५ रुपियाँ ०५ पैसा रहेको छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
बैंक–वित्त

एनसेलले हालेको मुद्दा नेपाल सरकारले जित्यो

२८ जेठ, काठमाडौं। विश्वबैंक अन्तर्गतको लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईडी)मा एनसेलले हालेको मुद्दा नेपाल सरकारले जितेको छ। एनसेल र