२९ माघ २०८२, बिहीबार
खेलकुद

गाईघाटमा स्व. चित्र कुमारी (लिम्वु) स्मृति मलिथम फुटवल च्याम्पियनशिप २०२३ घोषणा

उदयपुर, १६ असोज । गाईघाटमा स्वर्गिय चित्र कुमारी (लिम्वु) स्मृति तेस्रो मलिथम फुटबल च्याम्पियनशिप २०२३ को औपचारिक घोषणा भएको छ । स्वर्गिय चित्र कुमारी चौधरी (लिम्बु) को बार्षिक स्मृति दिवसको अवसरमा मलिथम थारु सेवा समाज उदयपुरले च्याम्पियनशिपको पनि औपचारिक घोषणा गरेको हो ।

मलिथम थारु सेवा समाज उदयपुरको अध्यक्ष संजय चौधरीका अनुसार यो पटक प्रतियोगिता गाईघाटको थारुहट रंगशालामा कार्तिक ३ गतेदेखी सुरु हुने जनाए । पहिलो प्रतियोगिता बेलकाको पुरन्दह र दोस्रो प्रतियोगिता चौदण्डीगढीको ज्यामिरेमा सम्पन्न भैसकेको अध्यक्ष चौधरीले जनाए । प्रतियोगिता जिल्लाको सबै पालिकाहरुमा गराउने उदेश्य सहित अगाडी बढेको चौधरीको भनाई छ ।

क्रिमसन मोटरपार्टस्का संञ्चालक सुनिल चौधरीको श्रीमती चित्र कुमारी चौधरी (लिम्वु) को आत्मा चिर शान्तिको कामना सहित उक्त आयोजना भव्य रुपमा संञ्चालन हुने संस्थाका सचिव डिएन चौधरीले जनाए । बिषेश गरी लागुऔषाध नियन्त्रण र खेलकुद क्षेत्रलाई अगाडी बढाउने उदेश्य सहित स्थापना भएको मलिथम समाजले चौधरी समुदायको खेलाडी सहित अन्य समुदायको समते खेलाडी उत्पादन गर्ने उदेश्य राखेको चौधरीको भनाई छ । मलिथम फुटवल क्लवले बिभिन्न ठाउँमा उपाधी समेत जित हाँसिल गरेको र छिमेकी प्रदेश मधेश प्रदेश र कोशी प्रदेशमा क्रियाशिल रहेको पनि जनाए ।

जिल्ला खेलकुद विकास समिति उदयपुरका अध्यक्ष पर्वत दाहालले मलिथम सेवा समाजले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको जनाएको छ । राज्य र खेलकुद बिकास समितिले कुनै पनि सहयोग गर्न नसकिरहेको अवस्थामा आफ्नै लगानी बलबुतोमा आयोजनाहरु गरिरहेको प्रति दाहालले खुसी ब्यक्त गरे । अब हुने प्रतियोगितामा भने आर्थिक नसके भौतिक, सामाजिक र नैतिक सहयोगहरु भने गर्ने प्रतिवद्धता दिए । प्रतियोगितालाई हरेक समय दिएर भव्य सफल बनाउन आफ्नो पनि भूमिका रहने अध्यक्ष दाहालले जनाए ।

स्मृतिमा स्व. चित्र कुमारी चौधरी लिम्वुलाई हार्दिक श्रद्धान्जली व्यक्त गरिएको छ । उनको गत बर्ष असोज १५ गते करेन्ट लागी मृत्यु भएको थियो । संयोगले जन्म र मृत्यु एउटै समय मिल्न गएको थियो । प्रतियोगिताको सबै खर्च क्रिमशन मोटरर्सपार्टले गर्ने आयोजकले जनाएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected