२० फाल्गुन २०८२, बुधबार
राजनीति

चाडपर्वमा कृत्रिम मूल्यवृद्धि र कालोबजारी गर्नेलाई सरकारले कडा कारवाही गर्ने

१६ असोज, काठमाडौं । सरकारले चाडपर्वलाई कारण देखाएर कृत्रिम मूल्य वृद्धि र कालोबजारी गर्नेलाई हदैसम्मको कारबाही गर्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

‘चाडपर्वको बाहाना बनाएर कृत्रिम मूल्यवृद्धि, नाफोखोरी गर्ने, कालोबजारी गर्ने र खाद्य वस्तुको गह्र कानुनी भण्डारण गर्नेलाई प्रचालित कानुन बमोजिम कडा कारबाही गर्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन् ।

सरकारले उपभोक्तासँग मूल्य वृद्धि, कालोबजारी जस्ता अवैध कार्य गर्नेहरुको सूचना भए हेल्लो सरकार तथा वाणिज्य विभागमा जानकारी गराउन पनि भनेको छ ।

मूल्यवृद्धि नियन्त्रणमा राख्दै सुपथ मूल्यमा उपभोक्तालाई खाद्य वस्तु उपलब्ध गराउन यथासक्य छिटो सहुलियत पसल सञ्चालनका लागि सरकारी नियकालाई आग्रह गर्ने निर्णय सरकारले गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

अस्वभाविक मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारबाही गरेर सबैले थाहापाउने गरी दैनिक प्रतिवेदन सार्वजनिक गरिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

यस्तै बजार अनुगमनका सबै संयन्त्रलाई थप प्रभावकारी बनाउन र सरकारी सहुलियत पसल तत्काल सञ्चालनमा ल्याउने निर्णय पनि सरकारले गरेको मनत्री शर्माको भनाइ छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।