२० फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

केपी ओलीको प्रश्न : यो देशमा न्याय छैन

१६ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसर पारेर कैदीलाई दिइएको आम माफीको बिरोध गरेका छन् ।

उनले एसिड आक्रमण गर्नेलाई अदालतले १० वर्ष सजाय तोकेपनि सरकारले छोडेकोप्रति आपत्ति जनाएका हुन् । उनले एसिड आक्रमण पीडित मुस्कान खातुनलाई सरकारले उपचार खर्चसमेत नदिएको बताए ।

उनले भने, ‘आज ४ वर्ष नभइकन एसिड आक्रमण गर्नेलाई नेपालमा मात्रै नभइ अन्तर्राष्ट्रिय रुपमा समेत परिचित भइसकेकी बालिका हुन् मुस्कान खातुन । उनमाथि एसिड छर्नेलाई, उनको घाउ निको भएको छैन । उनको उपचार चलिरहेको छ । सरकारले एसिड आक्रमण कर्तालाई छोडिसक्यो । अहिले उनी रोएर हिँडेकी छन् । सरकारले उनको उपचार गराइरहेको छैन । एसिड आक्रमण पीडितलाई उपचार गर्न नसक्ने, उनको अरु प्रवन्ध गरिदिन नसक्ने । हिंसात्मक घटनालाई प्रोत्साहित गर्नेगरी त्यस्ता अपराधीलाई चार वर्ष पनि भएको छैन ।

उनले हिंसात्मक घटनालाई प्रोत्साहित गर्नेगरी अपराधीलाई कैद मिनाहा गरेको बताए । उनले यो देशमा न्याय छैन की यही हो न्याय ? भन्दै प्रश्न समेत गरे ।
‘अदालतले १० वर्ष फैसला गरेको व्यक्तिलाई अहिले मुस्कान खातुनको पेटको छाला, तिघ्राको छाला निकालेर टाँस्नु परेको छ । आरामसँग चार वर्ष बाध्यतावश राख्यो । त्यसपछि एउटा निहुँ पारेर छोड्यो,’ उनले भने, ‘यो देशमा कुनै न्याय हुँदैन । की न्याय भनेको यही हो ? अपराधीका लागि कानूनमा यति सजाय भनेर किन तोक्नुपर्छ । सरकारले एउटा नियम बनाउँछ, यस्तो भइरहेको छ ।’

अध्यक्ष ओलीले कानून नमान्ने भए अपराधीका लागि कानूनमा यति सजाय भनेर किन तोक्नुपर्छ भन्दै प्रश्न गरे ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।