२० फाल्गुन २०८२, बुधबार
राजनीति

अख्तियारले विस्तृत अनुसन्धान गरेका ६५६ फाइल तामेलीमा

१५ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा विस्तृत अनुसन्धान गरेका ६५६ वटा उजुरी तामेलीमा राखेको छ ।

अख्तियारले राष्ट्रपतिलाई बुझाएको बार्षिक प्रतिवेदनअनुसार आब २०७९/०८० मा २० हजार ९०५ वटा उजुरी आएका थिए । अघिल्लो वर्षबाट सरेको ७ हजार १६२ उजुरी पनि थियो ।

एक वर्षमा १८ हजार ७७९ वटा उजुरीको प्रारम्भिक छानबिन गरिएको अख्तियारले जनाएको छ । ‘जसमध्ये ११३३ वटा उजुरी उपर विस्तृत अनुसन्धान गरिएको, ७ हजार ८६९ उजुरी तामेली गरिएको, १५२ उजुरी उपर सुझाव दिई तामेली थरिएको र ९ हजार ६४५ उजुरी उपर कानुन बमोजिम अन्य आवश्यक कारबाहीका लागि लेखी पठाइएको छ’, प्रवक्ता भोला दाहालले भने ।

उनका अनुसार विस्तृत अनुसन्धान भएका उजुरीमध्ये पनि ८७८ वटा तामेलीमा राखिएको छ । १६२ वटामा उजुरीमा मुद्धा दायर भएको छ भने ६३ वटा सम्वद्ध निकायलाई सुझाव दिइएको, २३ वटा मुल्तबीमा राखिएको र २९ वटा अन्य निर्णय भएको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।