२४ फाल्गुन २०८२, आईतवार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

१५ वर्षपछि राष्ट्रिय बाह्य मिचाहा प्रजाति रणनीति स्वीकृत

काठमाडौँ, १७ चैत । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आज राष्ट्रिय बाह्य मिचाहा प्रजाति व्यवस्थापन रणनीति तथा कार्यान्वयन योजना स्वीकृत गरेका छन् ।

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले तयार गरी विगत १५ वर्षदेखि स्वीकृत प्रक्रियामा रहेको र स्वीकृत हुन नसकेको राष्ट्रिय मिचाहा प्रजातिको रणनीति तथा कार्यान्वयन २०८१ योजना आज मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भएको हो ।

अर्थ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र अन्य सरोकारवाला निकायको राय सुझाव समावेश गरी तयार गरिएको रणनीति योजना करिब १५ वर्षपछि स्वीकृत भएको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा राजेन्द्र केसीले जानकारी गराए।

जटिल समस्याका रुपमा रहेको मिचाहा प्रजातिलाई यस रणनीतिले नियन्त्रण गर्न र फैलावट हुन नदिने महानिर्देशक केसीले बताए ।