५ माघ २०८२, सोमबार
खेलकुद मुख्‍य समाचार लुम्बिनी समाचार समाज

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लब फाइनलमा

घोराही दाङ, १२ चैत । लिग चरणको एक खेल बाँकी छूँदै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

लमहीको देउखुरी क्रिकेट रङ्गशालामा पुलिसले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली प्रदेशको पारी २४ ओभरमा सबै विकेट गुमाउदै १०३ रनमै समेटियो ।

कर्णालीका लागि रविन्द्र शाहीले ४९ र अर्जुन घर्तीले ३० रन बनाए । बलिङतर्फ खेलको म्यान अफ दी म्याच घोषित ललितनारायण राजवंशीले ९ ओभरमा ४१ रन खर्चिँदै ६ विकेट लिए । यस्तै सागर ढकालले २ र करण केसीले १ विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको पुलिसले ४८ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनायो । पुलिसका लागि अर्जुन साउदले ३६, दिलिप नाथले ३४ र सागर ढकालले अविजित २२ रन बनाए ।

बलिङतर्फ कर्णाली प्रदेशका अनुज चुनाराले ४, दिवान पुनले ३ तथा दिनेश अधिकारी, दिपेन्द्र रावत र सुनिल धमलाले एक एक विकेट लिए ।

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा ८ खेल खेलेको पुलिस क्लब अविजित रहँदै १६ अङ्क बटुलेर शीर्ष स्थानमा छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected