Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

दलित अभियानको प्रदर्शनमा घम्साघम्सी

रातो कागज
2 महिना अघि

काठमाडौं । दलितका लागि दलित अभियान, नेपालले अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा प्रदर्शन गरेको छ ।

शुक्रबार विभिन्न मागसहित दलितका लागि दलित अभियानले अर्धनग्न बनेर काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ पस्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच केहीबेर ठेलाठेल समेत भएको थियो ।

सिरहामा दलित बस्तीमा डोजर चलाइएको, जातीय विभेद नरोकिएको भन्दै दलित अभियन्ता खगेन्द्र सुनारलगायतको समूहले विरोध जनाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया