२७ आश्विन २०८२, सोमबार
खेलकुद मुख्‍य समाचार लुम्बिनी समाचार समाज

प्रधानमन्त्री कप क्रिकेट : आर्मीद्वारा गण्डकी पराजित

घोराही दाङ, ८ चैत । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ । आर्मीले गण्डकीलाई ६ विकेटले हराएको हो ।
लमहीस्थित क्रिकेट मैदानमा आर्मीले टस जितेर फिल्डिङ गर्ने निर्णय गर्यो । पहिला ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेशले ३० दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनायो । उसका लागि अर्जुन कुमालले ३३, दीपक डुम्रेले १९,  कमल परियारले १७ तथा कप्तान बिपिन खत्रीले १५ रन बनाए ।
बलिङतर्फ आर्मीका लागि शाहब आलमले १० ओभरमा ४२ रन खर्चिएर ५ विकेट लिए । यस्तै कुशल मल्ल र नरेन साउदले दुई दुई विकेट लिए ।
एक सय १७ रनको लक्ष्य आर्मीले २६ दशमलव ५ ओभरमा चार विकेट गुमाएर पुरा गर्यो । आर्मीका लागि तीर्तराज दासले ३७, बसिर अहमदले अविजित ३२, भीम सार्कीले १४ तथा इमरान शेखले १२ रनको योगदान दिए ।
बलिङतर्फ आर्मीका लागि चन्द्र पौडेल, बिपिन खत्री, सुवाश भण्डारी र सुदिप अर्यालले एक एक विकेट लिए ।
योसँगै आर्मीले जारी प्रतियोगितामा ७ खेलमा ६ मा जित हात पार्दै १२ अङ्क जोडेको छ । आर्मी अङ्क तालिकामा दोस्रो स्थानमा छ ।
यस्तै गण्डकीले हालसम्म खेलेका ७ खेलमध्ये एउटामा मात्र जित निकालेको छ । गण्डकी दुई अङ्कका साथ अङ्क तालिकाको पुछारमा छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected