२९ माघ २०८२, बिहीबार
खेलकुद

चीनमा १९औ एसियाडको भव्य उद्घाटन

६ असोज, हाङजाउ । एसियाली खेलकुदको सबैभन्दा ठूलो कार्यक्रम १९ औ एसियाडको भव्य उद्घाटन भएको छ । चीनको हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा चिनियाँ राष्ट्रपति सी जिङपिङले १९ औं एसियाडको औपचारिक उद्घाटन भएको घोषणा गरे । राष्ट्रपति सीले पनि १९ औं एसियाडमा निकै रुचि दिइरहेका थिए ।

१९ सेप्टेम्बरदेखि नै फुटबल, क्रिकेट र भलिबलका खेलहरु सुरु भइसके पनि एसियाडको औपचारिक उद्घाटन शनिबार भएको हो । एसियाडमा टेबल टेनिस लगायत अन्य केही खेलको प्रतिस्पर्धा पनि सुरु भइसकेको छ । शनिबार भने टेबल टेनिस र सेलिङका केही खेलहरु भएका थिए ।

चिनियाँ राष्ट्रपति सी र ओलम्पकि काउन्सिल अफ एसिया (ओसिएका) कार्यवाहक अध्यक्षको आगमनपछि सुरु भएको उद्घाटन समारोहको सुरुमा ‘वाटर इन अटुमन ग्लो’ नामक ओपनिङ प्रदर्शन भएको थियो ।

त्यसपछि सहभागी ४५ वटै देशका खेलाडीले मार्च पास गरेका थिए । सहभागी खेलाडी र जजको तर्फबाट एक एक जनाले सपथ लिएका थिए ।

एसियाडको टर्च बालेपछि अन्तिममा १९ औं एसियाडको अफिसियल गीत ‘द लभ वि सेयर’ को प्रस्तुति सँगै उद्घाटन समारोह सकिएको थियो । उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिए ।

कमलको फूलजस्तै आकारमा रहेको उद्घाटन स्थल बिग लोटसको नामले समेत चिनिन्छ । एसियाडको समापन पनि यही हुनेछ ।

कोभिड-१९ महामारीका कारण तोकिएको समय भन्दा एक वर्ष ढिला सुरु भएको १९औं एसियाडमार्फत चीनले आफू सुरक्षित रहेको सन्देश दिन चाहेको छ ।

एसियाका लागि चीनको पूर्वी दक्षिण शहर हान्झाउमा आयोजना भएको १९औं एसियाडको नारा हार्ट टु हार्ट अर्थात मुटुदेखि मुटुसम्म भन्ने रहेको छ । एसियाडका लागि हान्झाउ शहर मज्जाले सिंगारिएको छ । हजारौँको संख्यामा स्वयंसेवकहरु खटाइएका छन् ।

उद्घाटन भएको शहर अलिबाबाका संस्थापक ज्याक माको जन्मथलो समेत हो । प्रविधिको शहरको रुपमा चिनिने हान्झाउलाई पहाड र तालको शहर समेत भनिन्छ । वेस्ट लेक यहाँको चर्चित ताल हो ।

अहिलेसम्मकै ठूलो एसियाड

चीनमा तेस्रो पटक आयोजना भइरहेको एसियाड एसियाली खेलकुदको इतिहासमै सहभागिताको हिसाबले सबैभन्दा ठूलो बनेको छ । यस पटक एसियाडमा एसियाका पूरै ४५ देश सहभागी छन् भने १२ हजार भन्दा धेरै खेलाडीको सहभागिता रहेको छ ।

एसियाको ४५ देशले प्रतिस्पर्धा गर्ने १९औं एसियाडमा ४० खेलमा १२ हजार ४१७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एसियाडको इतिहासमै कुनै पनि संस्करणमा सहभागी यो अहिलेसम्मकै सबैभन्दा धेरै खेलाडी संख्या हो ।

सन् १९५१ मा छिमेकी भारतको नयाँ दिल्लीबाट सुरु भएको एसियाड चीनले यसअघि सन् १९९० र २०१० मा आयोजना गरेको थियो । एसियाडमा ४० खेलको ४८१ इभेन्टहरु समावेश गरिएको छ । जसका लागि ५४ खेल स्थल प्रयोग हुनेछ भने १४ नयाँ निर्माण गरिएको छ ।

वीरबहादुर र निमाले बोके नेपालको झण्डा

उद्घाटन समारोहको मार्चपासमा वीरबहादुर महरा र निमा घर्ती मगरले नेपालको झण्डा बोकेका थिए । एक-एक महिला र पुरुष खेलाडीले मार्सपासमा झण्डा बोक्ने नियम अनुसार तेक्वान्दोका वीरबहादुर र उसुकी निमाले नेपालको झण्डा बोकेका हुन् । दुवैले २०१९ मा नेपालमा भएको १३ औं सागमा स्वर्ण जितेका थिए ।

यस पटकको एसियाडमा नेपालको सहभागिता विगतको भन्दा ठूलो छ । १९औं एसियाडमा नेपालबाट २९ खेलमा २५३ खेलाडी सहभागी भएका छन् । जसमा १२७ महिला र १२६ पुरुष छन् ।

यसअघि २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको एसियाडमा नेपालबाट २०३ जना खेलाडी सहभागी थिए । २०१८ मा इन्डोनेसियामा भएको १८ औं एसियाडमा नेपालबाट २९ खेलमा १८५ खेलाडी सहभागी भएका थिए ।

नेपालले उद्घाटनअघि पुरुष भलिबल र महिला फुटबलमा प्रतिस्पर्धा गरिसकेको छ । पुरुष भलिबल टोली समूहको दुवै खेल हार्दै बाहिरिसकेको छ । महिला फुटबल टिम भियतनामसँग पहिलो खेलमा पराजित भएको छ ।

नेपालबाट महिला फुटबलसँगै महिला भलिबल, महिला ह्यान्डबल, महिला कबड्डी, पुरुष रग्बी, इस्पोर्ट र डान्स स्पोर्ट्समा पहिदो पटक एसियाडमा सहभागी भएका हुन् ।

१९५१ को नयाँ दिल्लीमा भएको पहिलो संस्करणमै सहभागिता जनाएको नेपालले १९५४ र १९६२ बाहेक हरेक एसियाडमा सहभागिता जनाउँदै आएको छ ।

सात दशक भन्दा लामो एसियाड इतिहासमा नेपालले सन् १९८६ देखिमात्र पदक जित्न सुरु गरेको थियो । नेपालले यो साढे तीन दशकमा अहिलेसम्म स्वर्ण जित्न सकेको छैन भने २ रजत र २२ कास्य गरी जम्मा २४ पदक मात्र जितेको छ ।

त्यसमा पनि तेक्वान्दो, बक्सिङ र कराते अनी प्याराग्लाइडिङले मात्र नेपाललाई पदक दिलाएको छ । पछिल्लो पटक २०१८ मा इन्डोनेसियामा प्याराग्लाइडिङमा मात्र नेपालले एक रजत पदक जितेको थियो ।

यसपटकको प्रतियोगितामा प्याराग्लाइडिङ खेल समावेश छैन । १९औं एसियाडमा अहिलेसम्मकै धेरै खेलाडी उतारेको नेपालले केही खेलबाट पदक जित्ने आशा राखेको छ । जसमा मार्सल आर्टका तेक्वान्दो, बक्सिङ र करातेसहित नयाँ खेलहरु ब्रेकिङ डान्स, इ स्पोर्ट्स लगायतबाट पनि नेपालले पदक आशा गरेको छ ।

(230923) — HANGZHOU, Sept. 23, 2023 (Xinhua) — Hangzhou Olympic Sports Center Stadium is lighted before the opening ceremony of the 19th Asian Games in Hangzhou, east China’s Zhejiang Province, Sept. 23, 2023. (Xinhua/Wu Zhuang)
(230923) — HANGZHOU, Sept. 23, 2023 (Xinhua) — Artists perform before the opening ceremony of the 19th Asian Games at the Hangzhou Olympic Sports Center Stadium in Hangzhou, east China’s Zhejiang Province, Sept. 23, 2023. (Xinhua/Du yu)

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected