१ चैत्र २०८२, आईतवार
राजनीति

शान्ति प्रक्रियाका बाँकी काम टुंगिने चरणमा छन् : प्रधानमन्त्री प्रचण्ड

५ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने चरणमा रहेको बताएका छन् । यो काम नेपाल सरकारको प्रमुख एजेण्डा भएको पनि उनले जानकारी दिए ।

संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मेरो प्रमुख राजनीतिक एजेण्डा संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नु हो । हाम्रो अद्वितीय शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुर्याउने चरणको निकटमा छौं ।’

शान्ति, न्याय र परिपूरणबीचको सन्तुलन कायम राख्दै संक्रमणकालीन न्यायका बाँकी काम टुंगो लगाउने गृहकार्य अन्तर्गत संसदमा त्यस सम्बन्धी संशोधन विधेयक पेस गरिएको जानकारी पनि उनले गराए । ‘व्यापक परामर्श मार्फत तयार पारिएको विधेयक पीडित केन्द्रित छ र पीडितको अधिकारको रूपमा परिपूरणलाई मान्यता दिन्छ’, प्रधानमन्त्री प्रचण्डले भने । सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गरेर नेपालले दुर्लभ उदाहरण प्रस्तुत गरेको उनले बताए ।

शताब्दीयौं पुरानो सामन्ती राजतन्त्रबाट लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा रूपान्तरण र बहुदलीय लोकतान्त्रिक राजनीतिमा रूपान्तरण हुँदा नेपाली समाजका सबै वर्गको सहभागिता सुनिश्चित हुने क्रममा रहेको उनले बताएका छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।