१४ फाल्गुन २०८२, बिहीबार
अर्थ

लगातार बढ्दै डलरको भाउ, १ डलर किन्न १३३ रुपैयाँ ४४ पैसा चाहिने

२ असोज, काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । गत २२ भदौमा खरिद मूल्यमा १३२ रुपैयाँ ८४ पैसा र बिक्री मूल्यमा १३३ रुपैयाँ ४४ पैसा पुगेको डरलको विनिमय दरले मंगलबार पुन नयाँ रेकर्ड बनाएको हो ।

लगातार बढ्दो क्रममा देखिएको डलरको विनिमय दर मंगलबार खरिद मूल्यमा १३२ रुपैयाँ ९४ पैसा र बिक्री मूल्यमा १३३ रुपैयाँ ५४ पैसा पुगेको छ ।

पछिल्लो ३०र ३१ भदौ तथा १ असोजमा लगातार खरिद मूल्य १३२ रुपैयाँ ८० पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ४० पैसा रहेकोमा मंगलबार ३असोजमा नयाँ रेकर्ड बनाएको हो ।

लामो समयदेखि १३२ रुपैयाँकै वरिपरि रहेको अमेरिकी डलरको विनिमय दर २२ भदौमा बिक्री दर १३३ रुपैयाँ ४४ पैसा पुगेको थियो । त्यसअघि १ भदौमा डलरको खरिद मूल्य १३२ रुपैयाँ ७४ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ३४ पैसा पुगेको थियो ।

नेपाल र भारतको स्थिर विनिमय दरको कारण भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्दछ ।

डलरको तुलनामा नेपाली मूल्य अवमूल्यन हुँदा आयातमा आधारित अर्थतन्त्रमा चाडवाडको मुखमा उपभोक्ताले झनै महँगी सामाना गर्नुपर्ने अवस्था आउने भएको छ । नेपाली मुद्रा कमजोर हुँदा डलरमा आयात हुने बस्तु झनै महँगिने हुन्छ ।

तर, वैदेशिक रोजगारीमा रहेर रेमिट्यान्स पठाउनेहरुलाई भने यसले फाइदा पुग्नेछ ।

थप समाचारहरु

अर्थ

आलु र प्याजको मूल्यमा कर हटाउन व्‍यवसायीको माग

३० जेठ, काठमाडौं। आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।  नेपाल कृषि
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने