२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति

शेखरले बोलाएको बैठकमा विश्व प्रदीप सहभागी नहुने

२ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बोलाएको छलफलमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल अनुपस्थित हुने भएका छन् ।

नेता कोइरालाले आज दिउँसो १:३० बजे बस्ने गरि आफ्नो समूहको बैठक डाकेका थिए । उक्त बैठकमा शर्मा र पौडेललाई पनि बोलाइएको थियो ।

कोइरालाले बोलाएको बैठकमा महामन्त्री शर्मा उपस्थित नहुने शर्मा निकट एक नेताले जानकारी दिए । ‘विश्व जी, शेखर दाइले बोलाएको बैठकमा जानुहुन्न् ।

शेखर दाइले बोलाएको बैठकमा नजानु भनेको देउवासँग नजिकिने भन्ने होइन,’ शर्मा निकट एक नेता भन्छन्, ‘उहाँ शेखर दाइले बोलाएको बैठकमा नजानु गगन थापासँग सम्बन्ध टाढा बनाउन पनि होइन ।’

उनका अनुसार नेता कोइरालाको कार्यशैलीप्रति शर्माका केही गुनासा भएकाले बैठकमा उपस्थित नहुने भएका हुन् ।

अर्का नेता प्रदीप पौडेल चीन भ्रमणमा जान लागेकाले बैठकमा सहभागी नभएका हुन् । कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बैठक बोलाइएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।