११ पुष २०८२, शुक्रबार
मुख्‍य समाचार समाज

सभामुख घिमिरे आयरल्याण्ड प्रस्थान

३१ भदौ, काठमाडौं । सभामुख देवराज घिमिरे तीन सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आइतबार साँझ आयरल्याण्ड प्रस्थान गरेका छन् ।

आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको निमन्त्रणामा सभामुख घिमिरे एक साताका लागि आयरल्याण्डको राजधानी डब्लिन प्रस्थान गरेका हुन् ।

सभामुखको भ्रमण टोलीमा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेय र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई रहेका छन् ।

आयरल्याण्डमा नेपाली राजदूतावास, लन्डनका द्वितीय सचिव रामबाबु नेपाल प्रतिनिधिमण्डलमा सहभागी हुनेछन् ।

भ्रमणका क्रममा सभामुख घिमिरेले तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेल र माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

सभामुखले आयरल्याण्डमा रहँदा आइरिस सरकारका पदाधिकारीहरु तथा त्यहाँ बसोबास गर्ने नेपाली समूदायसँग भेट्नेछन् ।

औपचारिक भ्रमण पूरा गरी सभामुख नेतृत्वको टोली असोज ७ गते नेपाल फर्कने कार्यक्रम छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व