२७ फाल्गुन २०८२, बुधबार
राजनीति

१६ दिनपछि बस्ने गरी प्रतिनिधिसभा बैठक स्थगित

२९ भदौ, काठमाडौं । १६ दिनपछि बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमण र संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गर्ने विषयमा जानकारी गराए । ‘

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर उतैबाट असोज ५ गते चीन जाने कार्यक्रम छ ।

प्रधानमन्त्रीले आफ्नो विदेश भ्रमणको विषयमा जानकारी गराएपछि सभामुख देवराज घिमिरेले अर्को बैठक असोज १४ गते बस्ने गरी स्थगित गरे । शुक्रबारको बैठकमा शून्य र विशेष समेत राखिएको थिएन ।

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।