१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

केपी ओली कपः यी खेलाडीले पाउनेछन् यामाहाको मोटरसाइकल

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, सर्वाधिक गोल गर्ने खेलाडी र उदीयमान खेलाडीले नगद पुरस्कार सँगै यामाहाको तर्फबाट बाइक पनि पाउने भएका छन् ।

राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष एबम प्रवक्ता कृष्णहरि केसीका अनुसार यामाहाको तर्फबाट सलुटो १२५ सीसीको बाइक प्रदान गर्न लागिएको हो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोल गर्ने खेलाडी र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउने यसअघि नै आयोजकले घोषणा गरिसकेको छ ।

केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका आज मछिन्द्र एफसी र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । उक्त खेल दशरथ रंगशालामा साँझ ६ बजेबाट फाइनल सुरू हुनेछ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा प्रतियोगिताको विजेताले १५ लाख ११ हजार एक सय ११ र उपविजेताले ५ लाखसहित ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिने छ ।

फाइनल खेलमा विश्वचर्चित फुटबल खेलाडी इटलीका लिजेण्ड गोलकिपर जियानलुइजी बुफन प्रमुख अतिथिको रुपमा रहनेछन् । फाइनलअघि कुमा सागर, पुर्ण राईको प्रस्तुती रहनेछ ।

प्रतियोगितामा दुई विदेशसहित ९ टोलीले सहभागिता जनाएका थिए । फाइनल खेल त्रिपुरेश्वरस्थित वल्डटेड सेन्टरको डिजिटल बोर्डबाट समेत खेलको प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected