१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

उपाधि भिडन्त : रोमाञ्चक पहिलो हाफ गोलरहित

१४ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलको पहिलो हाफ गोलविहीन सकिएको छ ।

उपाधिका लागि भिडिरहेका नेपाल र म्यानमारले पहिलो हाफमा केही सुन्दर अवसर खेर फाल्दा खेलमा अग्रता बनाउन सकेनन् । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फाइनल खेलको सुरुदेखि नै दुवै टिमले आक्रामक खेल खेलेका थिए

३५औं र ४३औं मिनेटमा सावित्रा भण्डारी साम्बा र रेखा पौडेलले सुन्दर अवसरलाई गोलमा परिणत गर्न सुकेनन् ।

३५औं मिनेटमा रेखाको चलाखीपूर्ण पासमा साम्बालाई गोल गर्ने अवसर मिलेको थियो । तर, उनको प्रहार फितलो हुन पुग्दाम्यानमारको गोलरक्षकलाई लागेर फर्कियो । सोही बललाई पुनः रेखाले जाली चुमाउने मौका पाएकी थिइन् । तर, उनी पनि चुकिन् ।

त्यसअघि १६औं मिनेटमा पनि नेपालकी सबैभन्दा सफल स्ट्राइकर साम्बाले राइट विङबाट म्यानमारको गोलपोष्टमा लामो प्रहार गरेकी थिइन् । तर, म्यानमारको गोलपोष्टभन्दा निकै माथिबाट बाहिरियो ।

म्यानमारले पनि लगातारजसो नेपाली डिफेन्डर र गोलरक्षकलाई व्यस्त राख्यो । २४औं मिनेटमा म्यानमार निश्चित गोलको अवसरबाट बञ्चित भयो । डिफेन्डर विमला विकले गोललाइनबाट बल क्लियर गर्दै स्पष्ट गोल रारिन् ।

त्यसअघि ११ औं मिनेटमा म्यानमारका खेलाडीको सशक्त प्रहारलाई नेपाली कप्तान गोलकिपर एञ्जिलाले विफल पारिन् । यस्तै, २०औं मिनेटमा म्यानमारकी खेलाडी युउन वादीको लामो क्रसलाई पुनः एन्जिलाले आकर्षक रुपमा नियन्त्रणमा लिइन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected