१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद बागमती समाचार समाज

बिवाईडीहाई–टेक वीक–२०८१ काठमाडौंमा सुरु

काठमाडौं । नेपालका लागि बिवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बिवाईडीहाई–टेक वीक २०८१ को आयोजना गरेको छ।
पहिलो पटक आयोजना भएको यो विशेष कार्यक्रमले विद्युतीय सवारी (ईभी) र अत्याधुनिक प्रविधिहरूलाई अनुभव गर्ने तरिका नै परिवर्तन गरिरहेको छ।
कार्यक्रम १४ फागुन देखि १८ फागुन सम्म काठमाडौंको एभरेस्ट होटलमा भइरहेको छ। यस कार्यक्रमले आगन्तुक हरूलाई नयाँ ऊर्जा सवारी र दिगो प्रविधिहरू नजिक बाट अनुभव गर्ने अवसर प्रदान गर्ने कम्पनीको दाबी छ।

बिवाईडीहाई–टेक वीक २०२५ केवल प्रदर्शनी मात्र नभई, ईभी प्रविधि, एआई एकीकरण र नयाँऊर्जा समाधान हरूको महत्त्वपूर्ण मञ्चको रूपमा प्रस्तुत गरिएको छ। यस कार्यक्रमले उद्योग व्यवसायी, ईभी बिक्रेता, प्रविधि प्रेमी र सर्व साधारण लाई समेटेको छ।

कार्यक्रममा सहभागीहरूले बिवाईडीको को ब्लेड ब्याट्री प्रविधि, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, इ–प्लेटफम ३.०, डुअल मोड अफ–रोड, उन्नत चालक सहायताप्रणाली (एडास) र गाडी भित्रको एआईलाई प्रत्यक्ष् ाअनुभव गर्ने अवसर पाउनेछन्।
साथै, नेक्स्ट–जेन सवारी प्रदर्शन, बिवाईडीका नवीनतम र आउँदै गरेका ईभी मोडेलहरूको अवलोकन गर्न र तिनको कार्यक्षमत ातथा दिगोपन सम्बन्धी नवीनतम प्रविधिहरू बुझ्ने मौका पनि पाउनेछन्।

स्मार्ट मोबिलिटीको भविष्यबारे वास्तविक–समय प्रविधि प्रदर्शनका लागि डेमोन्स्ट्रेसन पनि हुनेछ। यसका अलावा, ईभी प्रविधि र नयाँ ऊर्जा सवारीको भविष्यबारे उद्योगका अग्रणी विज्ञ, इन्जिनियर र दिगोपन अभियान कर्ताहरू बाट विशेषज्ञ प्रवचन र प्यानल छलफल हुने बताइएको छ।

कार्यक्रमम ानयाँ उत्पादनहरूको अनावरण् ापनि हुनेछ। यस क्रममा, नया ँबिवाईडी मोडेलहरू र आउँदै गरेका नवीनतम प्रविधिहरू सर्वप्रथम अवलोकन गर्ने विशेष अवसर प्रदान गरिनेछ।
साइमेक्स इंक प्रालिका अध्यक्षय मुना श्रेष्ठले यो आयोजनाले नेपालमा ईभी प्रविधिको भविष्यलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरेकी छन्। उनले कार्यक्रममा भनिन्, ‘वायु प्रदूषणका कारण हिमालमा हिउ पग्लिदै गएको समयमा ईभीलाई प्राथमिकता दिन जरुरी छ। यस कार्यक्रममा सहभागिता जनाएर हामी नयाँ ऊर्जा सवारीको महत्त्व र दिगो भविष्यका लागि पहल गर्न सक्छौं।’
नेपालमा विद्युतीय सवारीको भविष्यको आधारशिला बिवाईडीहाई–टेक वीक २०२५ ले हरित ऊर्जा यात्रालाई गति दिने र ईभीप्रविधि मानवीनता ल्याउने उद्देश्य राखेको छ। प्रदर्शनीमा बिवाईडी सार्क, बाओ फाइभ, डेन्जा, याङवाङ यु८ र जेड नाइजिटी मोडेलहरू राखिएका छन्। यीमध्ये डेन्जा नेपालमै राखिने छ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected