८ चैत्र २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

जयपृथ्वीबहादुर सिंह गौरीगङ्गा फुटबलः सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुने

कैलाली, १३ फागुन । जिल्लाको गौरीगङ्गामा भइरहेको जयपृथ्वीबहादुर सिंह गौरीगङ्गा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी प्रदेश भिड्ने भएका छन् ।

गौरीगङ्गा–११ स्पोर्टस् क्लबको आयोजनामा भइरहेको उक्त प्रतियोगिताको फाइनल खेल यही फागुन १४ गते हुँदैछ ।

दोस्रो सेमिफाइनलमा लुम्बिनी प्रदेशको राइजिङ स्टार क्लबले बागमती प्रदेशको लक्की स्टार क्लबलाई पराजित गरेपछि उपाधिका लागि सुदूरपश्चिम प्रदेशको टिमसँग प्रतिस्पर्धा गर्ने भएको हो ।

सुदूरपश्चिमले यसअघिको पहिलो सेमिफाइनलमा कर्णालीलाई १–० ले हराउँदै फाइनल पुगेको हो ।

सोमबार भएको दोस्रो सेमिफाइनलमा लुम्बिनीको राइजिङ स्टार क्लबले बागमती प्रदेशको लक्की स्टार क्लबलाई १–० ले हराउँदै फाइनलमा पुगेको हो । लुम्बिनीको जितमा विनोद केवतले निर्णायक गोल गरे ।

उनले खेलको ७५औँ मिनेटमा गोल गरेका हुन् । आफ्नो टोलीलाई फाइनल पु¥याउन उत्कृष्ट खेल प्रदर्शन गरेका अभिनाश थापामगर ‘म्यान अफ द म्याच’ भए । उनले नगद रु पाँच हजारसहित ट्रफी पाएका छन् ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीचको फाइनल खेल महाशिवरात्रिका दिन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले रु पाँच लाख नगदसहित ट्रफी पाउँनेछन् भने उपविजेताले रु दुई लाख ५० हजार नगदसहित ट्रफी मेडल पाउनेछन् ।

सर्वोत्कृष्ट खेलाडीले रु ५० हजार, उत्कृष्ट गोलरक्षक रु १५ हजार, उत्कृष्ट रक्षक रु १५ हजार, उत्कृष्ट फरवार्ड रु १५ हजार, सर्वाधिक गोलकर्ता रु १५ हजार, उदयमान खेलाडी रु १५ हजार, फेयर प्ले टिमलाई रु १५ हजार पुरस्कार दिइनेछ ।

प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ले नगद रु पाँच हजारसहित ट्रफी दिइनेछ । प्रतियोगितामा सात वटा प्रदेशका टिमको सहभागिता रहेको आयोजक गौरीगङ्गा–११ स्पोर्टस् क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिएका हुन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected