२० माघ २०८२, मंगलवार
जीवनशैली मुख्‍य समाचार समाज स्वास्थ्य

‘आत्महत्याको पछाडि ९५ प्रतिशत मानसिक रोग जिम्मेवार छ’

२५ भदौ, काठमाडौं । वरिष्ठ मनोचिकित्सक प्रा.डा. पुष्पराज शर्माले आत्महत्या सामाजिक, आर्थिक कारणलेमात्रै नभएर जैविक कारण हुने गरेको बताएका छन् । शरीरमा रहेका विभिन्न रशायनहरु तलमाथि भएपछि मानसिक रोगको सिकार हुने बताउँदै उनले आत्महत्याको प्रमुख कारण यही नै रहेको बताएका हुन् ।

आर्थिक अवस्थाले मात्रै मान्छेले आत्महत्या नगर्ने बताउँदै आत्महत्यालाई एउटै कुरासँग जोड्न नमिल्ने बताए । आर्थिक रुपमा उन्नत अवस्थामा रहेका जापन, अमेरिका, युरोप लगायतका मुलुकका नागरिकहरुले पनि आत्महत्या गर्ने गरेको बताउँदै उनले आर्थिक समस्या आत्महत्याको अनेकौं कारणमध्येको एउटा कारण भएको बताए ।

समाजमा भइरहेको परिवर्तनलाई युवा पुस्ताले राम्रोसँग आत्मसात गर्न नसक्दा पनि यदाकदा आत्महत्याको घटना हुने गरेको उनको भनाई छ । आत्महत्याको प्रमुख कारण डिप्रेसन रहेको उनको भनाई छ । उनले डिप्रेसनको उचार सम्भव रहेको बताउँदै उनले आत्महत्या न्युनीकरणका लागि समयमै डिप्रेसनको पहिचान गरी उपचार गर्न आवश्यक रहेको बताए ।

‘रिसर्चका अनुसार आत्महत्याको कारण ७० प्रतिशतभन्दा बढि डिप्रेसनसँग जोडिएको छ । डिप्रेसन एउटा यस्तो मानसिक रोग हो, जसको उपचार गर्न सकिन्छ । डिप्रेसनलाई चाँडै नै पहिचान गरेर यसको उपचार राम्रोसँग गर्नसक्यौं भने धेरै आत्महत्यालाई कम गर्नसक्छौं,’– उनले भने ।

आवेगात्मक आत्महत्या थोरैमात्रामा हुने उनको दाबी छ । आत्महत्या धेरैजसो योजनावद्ध हुने र उक्त योजना घरपरिवार र साथीभाइहरुले पनि पत्ता लगाउन नसक्ने खालका हुने उनको भनाई छ । आत्महत्या न्युनीकरणका लागि मानसिक स्वास्थ्यमा संवेदनशील हुन आवश्यक रहेको उनले बताए ।

मानसिक स्वास्थ्यको पहुँच ग्रामीण क्षेत्रमा पनि पुर्याउन उनले नेपाल सरकार समक्ष आग्रह गरे । नेपालमा बालबालिकामा पनि आत्महत्याको दर बढेको भन्दै चिन्ता व्यक्त गरे । आत्महत्यालाई धेरै हदसम्म न्युनीकरण गर्न सकिने उनले बताए ।

थप समाचारहरु

जीवनशैली

मुग्लिन–पोखरा सडकः घरटहरा हटाउन २२ करोड ४५ लाख रकम आवश्यक

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
जीवनशैली

पाकिस्तान र अफगानिस्तान विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिममा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected