१८ कार्तिक २०८२, मंगलवार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

तेस्रो राष्ट्रिय टग अफ वार प्रतियोगिता फागुन १६गतेदेखि

काठमाडौँ । नेपाल डोरीतान सङ्घले यही फागुन १६ र १७ गते तेस्रो राष्ट्रिय डोरीतान (टग अफ वार) प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

पत्रकार सम्मेलनमार्फत भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय गरी ८ टोलीले सहभागिता जनाउनेसङ्घका अध्यक्ष भवानीप्रसाद पौडेलले जानकारी दिए ।

महिला तर्फ सुदूरपश्चिम र कर्णाली प्रदेशको सहभागिता नरहने पनि उनले बताए ।
प्रतियोगितामा कुल १८ टिमका १६२ खेलाडीले भाग लिनेछन् । पुरुषतर्फ ६४० केजी तथा महिला तर्फ ५८० केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको पुरुष विजेता टोलीले १ लाख र उपविजेताले ५० हजार पुरस्कार प्राप्त गर्नेछ भने महिला तर्फको विजेताले ६० हजार तथा उपविजेता टोलीले ४० हजार रुपैंया प्राप्त गर्नेछन् ।

नेपालको पुरानो मौलिक खेल भएर पनि लामो समयसम्म ओझेलमा परेको खेलको राष्ट्रिय प्रतियोगिताको आयोजनाले डोरीतान खेलको प्रवद्र्धनमा टेवा पुग्ने पत्रकार सम्मेलनमा अध्यक्ष पौडेलले बताए।

प्रतियोगिताको कुल बजेट ३१ लाख रहेको र पदाधिकारी तथा विभिन्न सहयोगदाताको मद्दतले प्रतियोगिता सफल बनाउने आयोजकको भनाई छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected