२८ चैत्र २०८२, शनिबार
जीवनशैली समाज

हजुरबुवा-हजुरआमाबाट टाढा भएर के गुमाउँदैछन् बालबालिकाहरू ?

२५ भदौ, काठमाडौं । विश्वका विभिन्न देशहरुमा सेप्टेम्बर १० मा ग्राण्ड प्यारेन्ट्स डे अर्थात् हजुरबा-हजुरआमा दिवस मनाइएको छ । यो दिवस यस्तो  पुस्तामा समर्पित छ जसले आफ्नो पूरै जीवन परिवारका लागि समर्पित गरिदिए । आफ्ना सन्तान मात्र नभई नातिनातिनाहरुको पनि हेरचाह र लालनपालन गरे, लेखपढ गराए र समय समयमा मार्गदर्शन गरिरहे ।

यद्यपि विश्वका विभिन्न देशहरुले भिन्नभिन्न मितिमा हजुरबा हजुरआमा दिवस मनाउँछन् । तर, अमेरिकालगायतका देशमा सेप्टेम्बर महिनाको पहिलो सोमबार पछिको आउने आइतबार यो दिवस मनाइन्छ सम्बन्ध र उत्सवका रुपमा ।

खासगरी मनाउने मिति फरक भए पनि यसको उद्देश्य भने उदार र समान छ । आफ्ना घर तथा मावली पट्टिका हजुरबुवा हजुरआमाप्रति माया तथा सम्मान दर्शाउनु र अझै निकट ल्याउनु यसको मुख्य उद्देश्य हो । अर्थात् वृद्धावस्थाका अभिभावकहरुलाई सम्मान र माया दिनुका साथै नयाँ पुस्तालाई उनीहरुको महत्वका बारेमा बताउनु र बुझाउनु पनि हो । यसले भविष्‍यमा जोडिने स्नेह र अगाध सम्बन्धले महत्वपूर्ण भूमिका निर्वान गरिरहेको हुन्छ ।

महत्वपूर्ण र प्रगाढ सम्बन्ध

सायद तपाईं हाम्रो जीवनमा आफ्ना हजुरबुवा हजुरआमाको निकै महत्वपूर्ण भूमिका रहेको हुनसक्छ । उनीहरुबाट हामीले संस्कार सिकेका हुन्छौं, कथा कहानीहरु सुनेका हुन्छौं र प्रेरणा लिएका हुन्छौं । उनीहरुबाटै हामीले लेखपढ गर्ने तथा इमान्दार बनेर काम गर्ने शिक्षा लिएका हुन्छौं जसले हाम्रो पेसा व्यवसायमा सहयोग गरेको हुन्छ र हामीले उनीहरुलाई आदर्श मानेका हुन्छौं ।

वास्तवमा बालबालिकाहरुले आफ्ना हजुरबुवा हजुरआमाबाट नि:स्वार्थ प्रेम, भावनात्मक समर्थन तथा सुरक्षा प्राप्त गर्दछौं । यसले बच्चाको विकासको जग राख्नमा अहम भूमिका खेलेको हुन्छ ।

पुरुष

उनीहरूले बच्चाको असल आनीबानीको विकास गर्दछन् र आफ्नो संस्कारसँग पनि परिचित गराउँछन् । आजकल धेरै आमाबुवालाई कामकाजी भएका कारणले गर्दा यस्तो भूमिका निर्वाह गर्नमा समस्या हुने गरेको छ ।

कामकाजी आमाबुवाका कारण अभिभावकत्वको अनुभूति गर्न नपाउने बालबालिकाका लागि त्यो अभाव उनीहरुका हजुरबुवा हजुरआमाले पूर्ति गर्दछन् ।

सम्बन्धमा दूरी

पछिल्ला दिनमा विभिन्न सामाजिक कारणहरुले गर्दा हजुरबा हजुरआमा दिवस मनाउने आवश्यकता बढ्दै गएको छ । अहिले एकल परिवारको चलन बढिरहेको छ जहाँ बालबच्चाहरू आफ्ना आमाबुवासँग मात्रै बस्दछन् र उनीहरुका हजुरबुवा हजुरआमा उनीहरुसँग हुँदैनन् ।

एकल परिवारका विभिन्न फाइदाहरु पनि हुन्छन् । तर हजुरबा हजुरआमा र नातिनातिनाको दृष्टिबाट हेर्दा यस्ता परिवारमा विभिन्न खालका समस्या पनि आइरहेका छन् ।

विज्ञका अनुसार भलै हामीले हाम्रा वृद्ध अभिभावकहरुका भौतिक आवश्यकताहरु पूरा गरिरहेका हुनसक्छौं, तर उनीहरुका भावनात्मक आवश्यकताहरु पनि बुझ्नु पर्दछ ।

वास्तवमा हजुरबुवा-आमाहरुले एक्लोपन महसुस गर्न सक्दछन् । आफ्ना नातिनातिनाहरुमा उनीहरुले आफ्नो साथी पाउँछन् । जब कुराकानी गर्न कोही हुँदैन तब उनीहरुमा सामाजिक अलगावको भावनाका कारण डिप्रेसन पनि हुनसक्छ । बच्चाहरु पनि हजुरबुवा-आमासँग अलग हुनुपर्दा निरास र उदास बन्न सक्दछन् ।

के गर्नुपर्छ अब ?

समाजशास्त्रीहरुका अनुसार बदलिंदो सामाजक, आर्थिक परिवेशको असर हामी, हाम्रा मातापिता तथा बालबच्चा गरी तिनै पुस्तामा परिरहेको छ ।

मानिसहरुलाई आफ्नो काम तथा सामाजिक दायित्वको बीचमा सन्तुलन कायम गर्नमा समस्या भैरहेको छ । उनीहरुले न त आफ्ना आमाबुवालाई समय दिन पाइरहेका छन्, न त सन्तानलाई ।

यस्तो स्थितिमा वृद्ध आमाबुवाको स्वास्थ्यमा पनि असर परिरहेको छ र कहिलेकाहीँ बालबालिकाहरु नराम्रो आनीबानीको सिकार बनिरहेका छन् ।

प्रायः हजुरबुवा-आमा र नातिनातिनाहरु फरक-फरक ठाउँ अर्थात् गाउँ र सहरमा बस्ने गर्दछन् । कहिलेकाहीँ र देश नै फरक पर्दछ ।

यस्तोमा बिदाको समउमा समेत उनीहरुबीच भेट हुन सम्भव हुँदैन । सूचना प्रविधिको विकासका कारण इन्टरनेट र भिडियो कलिङ सम्पर्कका सजिला माध्यम बनेका छन् ।

महिला

तर, यस्तो रिक्तता पूरा गर्नका लागि प्रविधिमा धेरै निर्भर हुनु पनि ठीक होइन । किनकि मानवीय स्पर्शको आफ्नै महत्व हुन्छ, जुन आमने सामने हुँदा नै सम्भव हुन्छ ।

पेसा व्यवसायका कारण आमाबुवाबाट अलग बस्नु परे पनि फुर्सद निकालेर उनीहरुलाई भेट्न जाने वा आफू भएको ठाउँमा बोलाउनु पर्दछ । साथै, आफ्ना बालबच्चाहरु आफैं यात्रा गर्नसक्ने उमेरका भएका छन् भने उनीहरुलाई विदाको समयमा हजुरबुवा-आमासँग भेट गर्नका लागि पठाउनु पर्दछ । यसले तपाईंका आमाबुवा पनि खुसी हुन्छन् र सन्तानहरु पनि ।

विज्ञ भन्छन्, ‘जो कोहीले पनि आफ्ना सन्तानसँगै बुवा आमाको पनि भावनात्मक आवश्यकताहरु बुझ्नुपर्दछ र उनीहरुको पूरा ख्याल गर्नु पर्दछ । बीबीसीको सहयोगमा

थप समाचारहरु

जीवनशैली

मुग्लिन–पोखरा सडकः घरटहरा हटाउन २२ करोड ४५ लाख रकम आवश्यक

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
जीवनशैली

पाकिस्तान र अफगानिस्तान विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिममा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected