१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

साम्बाको गोलमा पहिलो हाफमा नेपाललाई अग्रता

८ फागुन, काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा बिहीबार नेपाल र लेबनानबीच खेल भइरहेको छ ।

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदासम्म नेपाल एक गोलले अगाडि छ । पहिलो हाफको अन्त्यतिर सावित्रा भण्डारीबाट भएको एकमात्र गोलमा नेपाल पहिलो हाफमा अग्रतामा रहेको हो ।

कर्नरबाट आएको बलमा साम्बाले गरेको बल डिफेन्डरमार्फत डिफ्लेक्ट भएर गोल भएको थियो । यीबाहेक दुवै टोलीले पहिलो हाफमा गोल गर्ने थुप्रै अवसरहरू सदुपयोग गर्न सकेनन् ।

१०औं मिनेटमा लेबनानकी क्रिस्टी मालोफको प्रहार एन्जिलाले बचाइन् । ११औं मिनेटमा नेपालका लागि बिमला चौधरीले गरेको प्रहार पोस्टमाथिबाट बाहिरियो ।

१३औं मिनेटमा लैला इस्कन्दरले दुईपटक गोलरक्षक बिट गरिसकेको अवस्थामा गोल गर्न चुकिन् । १५औं मिनेटमा प्रीति राईको प्रहार पोस्टको केही माथिबाट बाहिरियो ।

१७औं मिनेटमा रेखा पौडेलले सबिता रानामगरको क्रसमा हेडर मिस गरेकी थिइन् । २३औं मिनेटमा साम्बाको प्रहार पोस्टको वाइड गयो । २६औं मिनेटमा बिमला चौधरीको हेडर फितलो रहँदा लगत्तै ओपन चान्समा रेखाले बल भेटाउन सकिनन् । त्यसलगत्तै फेरि साम्बाको प्रहारले पोस्टको दिशा लिन सकेन ।

३१औं मिनेटमा लेबनानले पनि अर्को मौका गुमायो । थ्रु मार्फत आएको उत्कृष्ट पासलाई लेला इस्कन्दरले सदुपयोग गर्न सकिनन् । ३७औं मिनेटमा क्रिस्टी मालुफको प्रहार साइड नेटिङ हुन पुग्यो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected