२८ आश्विन २०८२, मंगलवार
खेलकुद मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

सामुदायिक विद्यालयमा ‘ग्रासरुट फुटबल’ सञ्चालन

गोदावरी कैलाली, ८ फागुन । धनगढी उपमहानगरपालिका क्षेत्रका चार सामुदायिक विद्यालयमा ‘ग्रासरुट फुटबल’ कार्यक्रम सञ्चालन हुने भएको छ ।

‘ग्रासरुट फुटबल’ कार्यक्रम सञ्चालनका लागि धनगढी उपमहानगरपालिका र जिल्ला फुटबल सङ्घबीच सम्झौता भएको छ ।

धनगढी–१६ को बेहडाबाबा माध्यमिक विद्यालय, वडा नं ११ को दक्षिणकाली बहिरा आवासीय विद्यालय, वडा नं १५ को राष्ट्रिय माध्यमिक विद्यालय उर्मी र धनगढी–७ को पटेला खेल मैदानमा ‘ग्रासरुट फुटबल’ कार्यक्रम सञ्चालन हुने भएको उपमहानगरपालिकाले जनाएको छ ।

नेपालको संविधानमा भएको व्यवस्था तथा खेलकुद शिक्षा विकास ऐन, २०७९ को दफा १० बमोजिम कैलाली जिल्ला फुटबल सङ्घसँग सम्झौता गरिएको नगरप्रमुख गोपाल हमालले बताए।

उपमहानगरपालिकाले फुटबल मैदान निर्माणका साथै प्राविधिक तथा आर्थिक सहयोग गर्नेछ ।

फुटबल सङ्घले खेल सामग्री, खेलाडी, प्रशिक्षकलगायतको व्यवस्थापन गर्नेछभने उपमहानगरपालिकाको निजी स्रोतबाट ‘ग्रासरुट फुटबल’ को खर्च ब्यहोर्ने गरी सम्झौता गरिएको हमालको भनाइ छ ।

नयाँ फुटबल खेलाडी उत्पादनका लागि विद्यालयस्तरबाटै प्रशिक्षणको कार्यक्रम सञ्चालन गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

गत वर्ष ‘ग्रासरुट क्रिकेट’ कार्यक्रमको सुरुआत गरेको उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ‘ग्रासरुट फुटबल’ कार्यक्रम सञ्चालन गर्न सम्झौता गरेको हो ।

गत आर्थिक वर्ष सुरुआत गरिएको ग्रासरुट क्रिकेट कार्यक्रमसमेत सञ्चालनमा रहेको युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक केशव खत्रीले बताए ।

उनले क्रिकेट, ब्याडमिन्टनलगायत खेलकुद कार्यक्रम सञ्चालनमा रहेका वडामा हाल फुटबल कार्यक्रम सञ्चालन नगरिने जानकारी दिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected