१५ फाल्गुन २०८२, शुक्रबार
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दाङ जाँदैछन् ।

सोमबार लुम्बिनी प्रदेश सभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्न तय भएको छ ।

बिहान साढे ११ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बैठकलाई प्रधानमन्त्रीले विशेष सम्वोधन गर्ने कार्यसूची प्रकाशन गरिएको छ ।

प्रदेश सभाको बैठकलाई सम्वोधनपछि प्रधानमन्त्री ओलीले घोराहीमा आयोजना हुने सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।