८ माघ २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

अन्तर्राष्ट्रिय महिला फुटबलको तयारी पूरा

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पुरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

सोमवारदेखि काठमाडौंको दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपालसहित म्यानमार, लेबनान र किर्गिस्तानको सहभागिता हुनेछ ।

प्रतियोगिता खेल्नका लागि सहभागि हुने टोलीहरु सबै नेपाल आइसकेको र भोली हुने उद्घाटन खेलमा नेपाल किर्गिस्तानसँग खेल्ने महिला फुटबल टिमका प्रमुख प्रशिक्षक राजेन्द्र तामाङले जानकारी दिए ।

उनले अहिले किर्गिस्तान बलियो भएको र यसले नेपाललाई जित निकाल्न गार्हो हुनेपनि बताए ।

उनले भने,‘किर्गिस्तानसँग ६ वर्ष अगाडि खेल्दा ८—२ भएर जितेका थियौं । पहिले र अहिले  किर्गिस्तानले खेल्ने फुटबल फरक देखिन्छ । हाम्रो पनि बलियो पक्ष भनेको चाहीं ग्रेट स्टक्चर हो । त्यसैले  पनि टिमको संरचना बलियो बनाएर लानुपर्नेछ । काउन्टर एट्याकमा उनीहरु राम्रो देखिन्छ । हामीले जित त निकाल्छौ तर गार्हो चाहीं छ ।’

यस्तै नेपाली महिला टोलीका कप्तान एन्जिला तुम्बापो सुब्बाले प्रतियोगिता नेपालको लागि ठुलो अवसर भएको बताइन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected