१५ फाल्गुन २०८२, शुक्रबार
खेलकुद गण्डकी मुख्‍य समाचार समाचार समाज

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको बर्चस्व

कास्की, ४ फागुन । देशको पर्यटकीय राजधानी पोखरामा शनिबार सम्पन्न १९औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकहरूले बर्चस्व कायम गरेका छन् ।

भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गरेको म्याराथन ४२.१९५ किमी मा केन्याली धावक विल्सन चेरियुयिटले दुई घण्टा १७ मिनेट २४ सेकेण्डमा निर्धारित दौड पूरा गरी उपाधि जितेका हुन् ।

उनले उपाधिसहित रु पाँच लाख पुरस्कार पाए । उनले यसअघि कायम रहेको केन्याली धावक जुलियस मुरियाली वाहोमले राखेको दुई घण्टा घण्टा १९ मिनेट ३६ सेकेण्डको रेकर्डसमेत तोडे ।

अघिल्लो संस्करणको उपाधि जितेका जुलियस दुई सेकेण्ड पछि पर्दै दुई घण्टा १७ मिनेट २६ सेकेण्डमा दौड पूरा गरी द्वितीय बने ।

उनले रु तीन लाख पुरस्कार पाए । अर्का केन्याली धावक ओनेसमस गिताउ जोरोगले दुई घण्टा १८ मिनेट २१ सेकेण्डमा पूरा गरी तृतीय बन्दै रु दुई लाख पुरस्कार पाएका छन् ।

म्याराथनतर्फ नेपाली धावक किरणसिंह बोगोटीले चौथो स्थान हात पारे । पाँचौँ स्थानमा नेपाली धावक निरोज भट्ट क्षेत्री आउँदा छैटौँ स्थानमा रिखुलालसिंह मगर, सातौँ स्थानमा दिनेश सिंह बोगोटी र आठौँ स्थानमा केन्याली धावक माइकल माथिया बन्न सफल रहे ।

उनीहरूले जनही क्रमशः नगद रु ५० हजार, रु २० हजार, रु १५ हजार र रु १० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।

गण्डकी प्रदेशतर्फको म्याराथनमा निरोज भट्ट क्षेत्री पहिलो बने । उनले दुई घण्टा ३८ मिनेट २२ सेकेण्डको समय लिए ।

त्यस्तै रिखुलाल मगर दोस्रो, दिनेशसिंह बोगोटी, तेस्रो, मीनराशी विक चौथो, अशोक बराम पाँचौँ, सनम गुरुङ छैटौँ र प्रितम गुरुङले आठौँ स्थान प्राप्त गरे ।

उनीहरूले क्रमशः जनही नगद रु ५० हजार, रु ३० हजार, रु २० हजार, रु १५ हजार, रु आठ हजार, रु ६ हजार र रु चार हजार प्राप्त गरे ।

पुरुष २१ किमी हाफ म्याराथनमा केन्याली धावक जोन बान्सतराले एक घण्टा ०९ मिनेट ०७ सेकेण्डको समयमा दौड पूरा गरी पहिलो बने । उनले नगद रु ७५ हजार पुरस्कार पाए ।

नेपाली धावक सन्तोषविक्रम विष्ट एक घण्टा नौ मिनेट ५६ सेकेण्डमा दौड पूरा गरी द्वितीय बन्दै रु ५० हजार पुरस्कार पाएका छन् ।

यसैगरी महिला हाफ म्याराथन २१ किमी दौडमा नेपाली धाविका ओलम्पियन सन्तोषी श्रेष्ठले एक घण्टा २० मिनेट ०३ सेकेण्डमा दौड पूरा गर्दै च्याम्पियन बनिन् । उनको पोखरा म्याराथनमा लगातार दोस्रो जित हो ।

त्यस्तै केन्याली धाविका स्वारोन जोनोटिक एक घण्टा २१ मिनेट सात सेकेण्डको समय लिँदै दोस्रो हुँदा एक घण्टा २३ मिनेट ०८ सेकेण्डमा दौड पूरा गरी पुष्पा भण्डारी तेस्रो र आश्मा विक चौथो र द्रोपताकुमारी कठायतले पाँचौँ स्थान हासिल गरिन् ।

उनीहरूले क्रमशः जनही नगद रु एक लाख ५० हजार, रु एक लाख, रु ७५ हजार रु १५ हजार रु पाँच हजार पुरस्कार पाए । यसअघि पोखरा रङ्गशालाबाट सुरु भएको म्याराथनको उपप्र्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुभारम्भ गरेका थिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected