२७ आश्विन २०८२, सोमबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

नेपाल र चीनको युवा टोलीबीचको मैत्रीपूर्ण फुटबलको तयारी पूरा

२ फागुन, काठमाडौं । भोलि(शनिबार)बाट हुने काठमाडौंमा नेपाली युवा टोली र चीनको युनान युवा टोलीको बीचमा मैत्रीपूर्ण फुटबल खेलको तयारी पूरा भएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेलको तयारी पूरा भएको जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा कोच राजेश शाहीले युवा टोलीले धेरै राम्रो खेल प्रदर्शन गरेर यो भन्दा माथि आफूलाई अपग्रेड गर्ने विश्वास व्यक्त गरे ।

उनले भने,‘हाम्रो युवा टोली हुनुहुन्छ । युवा टोलीले धेरै राम्रो खेल प्रदर्शन गरेर योभन्दा माथि आफूलाई अपग्रेड गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’

चिनियाँ नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना र चिनियाँ दूतावासको सहयोगमा मैत्रीपूर्ण फुटबल खेलको आयोजना हुन लागेको हो ।

आयोजकका अनुसार यस खेलको प्रविधिक पक्षको सबै जिम्मेवारी एन्फाको रहने छ भने खेलसम्बन्धी मार्केटिङ, ब्रोडकास्टिङ, टिकेटिङलगायतका अन्य जिम्मेवारी चिनियाँ दूतावासको रहने छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected