२२ फाल्गुन २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुप्रिम बन्यो विजेता

भक्तपुर, २ फागुन । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको तेस्रो नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८१ को पहिलो दिन उसुतर्फको उपाधि मध्यपुरथिमिस्थित सुप्रिम एकेडेमीले हात पारेको छ ।

सानोथिमि खेल मैदानमा सञ्चालन भइहेको प्रतियोगितामा उसुतर्फ सुप्रिम एकेडेमीले ६ स्वर्ण, ४ रजत र ११ कास्य पदकसहित विजेता बनेको हो ।

चार विद्यामा ५८ वटा खेल भइरहेको प्रतियोगितामा एथ्लेष्टिक खेल सानोथिमि खेल मैदानमा, कबड्डी खेल आदर्श मावि सानोथिमिमा, भलिबल खेल बोडे मावि बोडेमा र मार्सलआर्टतर्फ कराते, तेक्वाण्डो एवं उसु आदर्श मावि लायकुमा भइरहेको छ ।

तीन दिन चल्ने प्रतियोगितामा मध्यपुरथिमि नगरभित्रका २९ विद्यालयका सात सय ६९ जना छात्रछात्राले प्रतिस्पर्धा गरिरहेका नगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्र भट्टले जानकारी दिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected