१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

बागमती गोल्डकपको सातौं संस्करण फागुन ३ गतेदेखि

२८ माघ, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाले गर्दै आएको बागमती गोल्डकपको सातौं संस्करण फागुन ३ बाट सुरु हुने भएको छ ।

बागमती गाउँपालिकाको झुरझुरेमा रहेको सहिद स्मृति रङ्गशालामा हुने प्रतियोगिता फागुन १२ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा ‘ए’डिभिजनका ७ सहित १० टिमको सहभागिता रहने आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितीका अध्यक्ष रहरसिंह थिङ्ले जनाए ।

प्रतियोगितामा ‘ए’ डिभिजनको डिफेन्डिङ च्याम्पियन मछिन्द्र सहित संकटा क्लब , थ्री स्टार क्लब, त्रिभुवन आर्मी, एफिएफ क्लब र चर्च व्वाई क्लबको सहभागिता रहने छ भने आयोजक सहित मोफसलको थप तीन क्लबहरुलो सहभागीता रहनेछ ।

प्रतियोगिताको विजेता टोलिले नगद १० लाख, उपविजेताले नगद पाँच लाखसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीले नगद २५ हजारको दरले नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको हरेक खेलको म्यान अफ द म्याचले नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्नको लागि आओजकले ७३ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । उक्त खर्च व्यवस्थापनको लागि गाउँपालिकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने बाँकी रकम आयोजक समितिले व्यवस्थापन गर्नेछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected