४ फाल्गुन २०८२, सोमबार
कर्णाली जीवनशैली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

सोरु गाउँपालिकाका स्थानीय बासीहरु जोखिम मोलेर पुल तर्न बाध्य

मुगु । सोरु गाउँपालिकाको कुलाहा स्थित झोलुंगे पुल जीर्ण भएपछि स्थानीय बासीहरु जोखिम मोलेर पुल तर्न बाध्य छन् ।पुलजीर्णहुँदाकालै, खनाया, जिमा, पुरुमुरु लगायत दर्जनौं भन्दा बढी गाँउका नागरीकलाई वारिपारि गर्न मुस्किल भएको छ ।

मुगुको कुलाहास्थित मुगु कर्णाली नदीको जीर्ण झोलुंगे पुल लामो समयदेखि जीर्ण बन्दा स्थानीयलाई ज्यानकै बाजी थापेर पुल तर्नुपर्ने बाध्यता छ ।

खनाया गाउँका जनकबहादुर शाहीले पुल जीर्ण भएको झन्डै एक दशक बिते पनि मर्मतमा बेवास्ता भइरहेको बताए ।उनकाअनुसारपुलमाबिछ्याइएकापाताहरूसबैउप्किएकाछन्भनेवरपरकोतारजालीखियालेचुडिएकोछ ।

उनले भने, ‘टाढाबाटै हेर्दा पुल डरलाग्दो छ, एक जना भन्दा बढीले पुल तर्न सकिँदैन, हिँडाइको सन्तुलन नमिले कुन बेला नदीमा खसिने हो थाहै हुँदैन ।’

छेदविच्छेद भएको उक्त पुलमा पशुचौपायालाई पनि वारपार गराउनुपर्ने भएकाले थप जोखिम भएको उनले बताए ।उनकाअनुसारहिँउदलागेपनिकर्णालीनदीकोबहाबनघटेकालेअहिलेपनिनदीतर्ननसकिनेबताए ।

स्थानीय सोरु गाउँपालिकाको केन्द्र पुग्न यसै पुलमार्फत आउजाउ गर्ने गरिन्छ ।  योजना सम्झौता गर्न, बजेट माग गर्न, सामाजिक सुरक्षा भत्ता बुझ्न, बैंकमा खाता खोल्न र सरकारी सेवा लिन जोखिमपूर्ण पुल तर्नुपर्ने बाध्यता भएको स्थानीय हर्कबहादुर शाहीले बताए ।

उनका अनुसार बालबालिका र ज्येष्ठ नागरिक भने पुल तर्न डराउँदा उनीहरूले लामो समयदेखि गाउँ छोड्न सकेका छैनन् । प्रदेश सरकारदेखि स्थानीय तहसम्मको ध्यानाकर्षण गराए पनि पुल निर्माणमा कसैको चासो नगएको उनको गुनासो छ ।

‘दैनिक उपभोग्य सामग्री ढुवानी गर्न पनि समस्या भइसक्यो, सोरुकोट बजार जान पनि यो पुल तर्नुको विकल्प छैन,’उनले भने, ‘पुल जीर्ण हुँदा स्थानीय उत्पादन पनि बजारसम्म पु¥याउन सकिएको छैन ।’

कुलाहा पुल धेरै पुरानो र जिर्ण भएको हुँदा बजेट छुट्याएर जीर्ण पुल मर्मत गर्ने योजना भई रहेको सोरु गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए ।शाहीकाअनुसारपालिकाभरिकतिपुलजीर्णभएकाछन्रतीपुलमर्मतगर्नकतिबजेटआवश्यकपर्छभन्नेबारेतथ्यांकसंकलनगरीजिर्णपुलहरुकोमर्मततथानिमार्णगर्नकोलागिसंघीयसरकार,प्रदेश सरकारसंग बजेटको लागि पहल गरिने समेत बताए ।

 

थप समाचारहरु

जीवनशैली

मुग्लिन–पोखरा सडकः घरटहरा हटाउन २२ करोड ४५ लाख रकम आवश्यक

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
जीवनशैली

पाकिस्तान र अफगानिस्तान विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिममा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected