२१ माघ २०८२, बुधबार
खेलकुद

एसिया कप क्रिकेटमा नेपालको फराकिलो हार

१३ भदौ, काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

घरेलु टोलीले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो ।

एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्धको खेलमा नेपालले फितलो खेल प्रदर्शन गरेको छ । नेपालले बलिङ र ब्याटिङ दुबैमा कमजोर खेल प्रदर्शन गर्‍यो । पाकिस्तानको मुल्तान रङ्गशालामा टस हारेपछि नेपालले पहिला बलिङ गरेको थियो ।

पाकिस्तानले नेपालविरुद्ध ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै तीन सय ४२ रन बनायो । तीन सय ४३ रनको लक्ष्य पछ्याएको नेपालको पारी एक सय चार रनमै समेटियो । पाकिस्तानले नेपाललाई दुई सय ३८ रनले हरायो ।

पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तीखार अहमदले शतक प्रहार गरे । आजमले एक सय ३१ बल खेल्ने क्रममा चार छक्का र १४ चौकाको मद्दतमा एक सय ५१ रन बनाए । एक सय ३ एकदिवसीय खेलमा २८ वर्षीय कप्तान आजमको यो १९औँ शतक हो ।

नेपालविरुद्धको शतकसँगै आजमले हालसम्म पाँच हजार दुई सयभन्दा बढी बनाइसकेका छन् । यस अवधिमा उनले पाकिस्तानका लागि २८ अद्र्धशतकसमेत प्रहार गरिसकेका छन् ।

पाकिस्तानका अर्का खेलाडी अहमदले ७१ बल खेल्दै अविजित एक सय नौ रन बनाए । यस क्रममा अहमदले चार छक्का र ११ चौका प्रहार गरे ।

३२ वर्षीय अहमदको १५औँ एकदिवसीय खेलमा यो पहिलो शतक हो । उनले एकदिवसीय खेलमा एक अद्र्धशतकसमेत प्रहार गरेका छन् । यस्तै पाकिस्तानका लागि मोहमद रिजवानले ४४ र फखर जमानले १४ रन बनाए ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामीले दुई तथा सन्दिप लामिछाने र करण केसीले एक एक विकेट लिए ।

तीन सय ४३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा नेपालका लागि सोमपाल कामीले २८, आरिफ शेखले २६ र गुल्सन झाले १३ रन बनाए ।

बलिङतर्फ पाकिस्तानका लागि शदाब खानले चार, शाहीन शाह अफ्रिदी र हरिश रउफले दुई दुई तथा नशिम शाह र मोहमद नवाजले एक एक विकेट लिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected