२१ माघ २०८२, बुधबार
खेलकुद

पाकिस्तानले नेपाललाई दियो ३४३ रनको नको विशाल लक्ष्य

१३ भदौ, काठमाडौं । कप्तान बाबर आजमसँगै इफ्तिखार अहमद उत्कृष्ट साझेदारीसँगै पाकिस्तानले एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाललाई ३४३ रनको नको विशाल लक्ष्य लिएको छ ।

मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीलाई नेपाली बलरहरुले दबाबमा राखेका थिए । २१ रन बनाउँदा फखार जमानलाई करण केसीले पभेलियनको बाटो देखाए । थप चार रन जोड्दा अर्का ओपनर इमाम उलहक रनआउट भए । कप्तान रोहितकुमार पौडेलले डाइरेक्ट हिट मारेका थिए ।

कप्तान बाबर आजमले पारी सम्हाले । उनले मोहम्मद रिवाजसँग ८६ रनको साझेदारी गरे । उनलाई दीपेन्द्रसिंह ऐरीले रन आउट गरेका थिए । थप २३ रन जोड्दा आगा सलमान पनि आउट भए । सन्दीप लामिछानेले उनलाई कुशल भुर्तेलको हातबाट क्याच गराएका थिए ।

तर कप्तान बाबरले इफ्तिखार अहमदसँग मिलेर पाकिस्तानलाई विशाल योगफलमा पुर्‍याए । दुबैले पाँचौं विकेटका लागि २१४ रनको साझेदारी गरे ।
४१.२ओभरमा करियरको १९औं शतक बनाएका आजम ४७.६ ओभरमा १५० रन पुरा गरेका थिए । अर्को ओभरको अन्तिम बल खेल्नु अघि इफ्तिखारले पनि करियरको पहिलो शतक पुरा गरे ।

अन्तिम दुई बल खेल्नु अघि सोमपाल कामीले आजमको विकेट लिए । १३१ रन बनाएका उनले १५१ रन बनाए । त्यसक्रममा उनले १४ चौका र ४ छक्का हाने ।

अन्तिम बलमा सोमपालले शदाब खानको विकेट लिएपछि पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनायो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected