१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

आठसय मिटर दौडमा त्रिभुवन विश्वविद्यालय प्रथम

काठमाडौं । विश्वविद्यालय खेलकुद प्रतियोगिताको दोस्रो दिन भएको महिला तथा पुरुषको आठसय मिटरको दौडमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरु प्रथम भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का प्रचार प्रसार शाखाका खुशराज दाहालका अनुसार त्रिभुवनका विकास घिमिरे र राज्यलक्ष्मि रावल प्रथम भएका छन् । विकासले निर्धारित दुरी २:१०ः११ मिनेटमा पार गरे भने राज्यलक्ष्मिले २ः३५ः३४ मिनेटमा दुरी पार गरेका हुन ।

यस्तै मध्यपश्चिमान्चल विश्व विद्यालयका भरत राना र हिमाली शाही दोस्रो भए । भरतले २ः१३ः९१ र शाहीले २ः५८ः६५ मिनेटमा दुरी पार गरेका थिए । यस्तै सुदुर पश्चिमान्चल विश्व विद्यालयका निपूर्ण चन्द र गण्डकी विश्वविद्यालयकी कृति गिरी तृतीय भएका छन् ।

यस्तै महिला लंङजम्पतर्फ त्रिभुवन विश्वविद्यालयकी संचिता घिमिरे प्रथम, हिमाली साही मध्यपश्चिमान्चल विश्वविद्यालय द्धितीय र त्रिभुवनकी विना थापा तृतीय भएका छन ।

यता पुरुष २०० मिटर दौडमा सुदुरपश्चिम विश्व.विद्यालयका मुकेश विष्ट प्रथम, त्रिभुवनका प्रकाश जोशी द्धितीय र काठमाण्डौ विश्वविद्यालयका विकास कुमार शाह तृतीय भएका छन् ।

महिला २०० मिटरमा त्रिभुवनका विना थारु प्रथम र आकृती चौधरी द्धितीय भए भने लुम्विनी विश्व विद्यालयकी मनिष कुँवर क्षेत्री तृतीय भइन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected