८ पुष २०८२, मंगलवार
खेलकुद मुख्‍य समाचार

पाकिस्तानसँगको प्रतिस्पर्धा नेपालीका लागि ठूलो पर्व हो : रोहित पौडेल

१२ भदौ, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले नेपाल र पाकिस्तानबीचको खेल नेपालीका लागि पर्वजस्तै भएको बताएका छन् ।

धेरै नेपालीले यो खेलको प्रतीक्षा गरिरहेको भन्दै उनले भने, ‘सबै नेपालीले यो स्तरमा हामीलाई हेर्न चाहन्थे । नेपाललाई दुई दशकयता हामीले ठूलो प्लेटफर्ममा ल्याउन पाएका छौं । हाम्रो लागि भोलि ठूलो पर्व हो ।’

एसिया कप क्रिकेटमा नेपालले बुधबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । मंगलबार भएको प्रिम्याच कन्फरेन्समा उनले नेपाल एसिया कप खेल्न योग्य टिम रहेको बताए ।

‘हामीले पहिलो पटक एसिया कप खेल्दै छौं । यो हाम्रो लागि र नेपालका लागि निकै खास छ । हाम्रो लागि ठूलो अवसर हो, पाकिस्तान राम्रो टिम हो, हामी पाकिस्तान र भारत दुवैलाई कडा टक्कर दिन चाहन्छौं’, उनले भने ।

पाकिस्तान र नेपाली टिममा फरक भनेको अनुभवमात्र रहेको रोहितले बताए । ‘मलाई लाग्छ फरक भनेको अनुभव मात्रै हो । स्किलको आधारमा, ब्याटिङ र बलिङमा दुवै टिम उस्तै हो’ उनले भने ।

आफूहरुले विपक्षी को छ भन्ने नसोची हरेक बलमा राम्रो खेल्ने योजना बनाएको कप्तान रोहितले बताए । ‘हामीले एसिया कपका लागि राम्रो तयारी गर्‍यौं, विशेषत विश्वकप छनोट खेल्मा जिम्बावेमा राम्रो तयारी भयो । हामीले त्यसपछि एसीसी इमर्जिङ टिम्स एसिया कपमा पनि राम्रो तयारी पायौं’, उनले भने, ‘हामीसँग विश्वस्तरीय बलर छन्, हामी हरेक बलमा प्रेजेन्ट भएर खेल्नेछौं ।’

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected