२६ आश्विन २०८२, आईतवार
कोशी खेलकुद मुख्‍य समाचार समाचार समाज

बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताबाट धरान बाहिरियो

धरान । २५ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलबाटै धरान फुटबल क्लब बाहिरिएको छ ।
धरान रंगशालामा घरेलु दर्शकको साथ पाएको धरान फुटबल क्लब भारतको युकेएफसीसँग सडनडेथमा ७–६ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।
निर्धारित समयमा दुवै टिमले एक एक गोल गरेपछि सिधै पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा दुवै टिमले ५–५ गोल गरेका थिए ।
धरानका मनोज राइको प्रहार पोस्ट बाहिर गएपछि युके एफसीका हेमराज भुजेलले निर्णायक गोल प्रहार गरेर टिमलाई सेमिफाइनलमा प्रवेश गराए । पहिला सुरुमा दोर्जे तामाङ, विवेक राई, सुगम जिमी, कार्लोस साम, बाफोरले लगातार गोल गरेका थिए ।
युके एफसीका लागि विशाल क्षेत्री, सुदिश राई, सिर्जल राई, रुस्तम प्रधान र राज रोउथले गोल गरेपछि पेनाल्टी ५–५ मा पुगेको थियो ।
त्यसपछि सडनडेथमा धरानका प्रज्वल थापाले छैटौं गोल गरेका थिए । आकाश प्रधानले युेका लागि गोल गरेपछि सडन दुवै टिम बराबरी अवस्थामा रहेका थिए । गोलकिपरको कुनै पनि भूमिका नदेखिएको खेलमा धरानका मनोज राइको प्रहार बाहिर पुग्यो भने युके एफसीका हेमराज भुजेलले गोल गर्दै जित दिलाए ।
निर्धारित समयमा युके एफसीका हेमराज भुजेलले १८ औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । तर, ४४ औं मिनेटमा धरानका विनोद राईले गोल गर्दै बराबरीमा ल्याएका थिए ।
दुवै टिमले पाएका मौकाको सदुपयोग गर्न नसक्दा नतिजा निकाल्न भने पेनाल्टी हुँदै सडनडेथसम्म पुग्नु परेको हो । प्रतियोगिता अन्तर्गत सोमबार नवजनजागृति र भुटानको आरपीसी क्लबबीच प्रतिस्पर्धा हुने छ ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected